close

५० हजार मुनीको बैंक जम्मा अब अनलाइनबाट मात्रै

टेकपाना टेकपाना

बैशाख ३०, २०७८ २१:२३

५० हजार मुनीको बैंक जम्मा अब अनलाइनबाट मात्रै

काठमाडौं । अब बैंकका शाखाहरुले ५० हजारभन्दा कमको निक्षेप स्वीकार नगर्ने भएका छन् । राष्ट्र बैंकको अनुमतिमा नेपाल बैंकर्स संघले निषेधाज्ञाभर सीमित सेवाहरु मात्र दिने निर्णय गरेको छ ।

बिहीबार एक सूचना जारी गर्दै संघले खाताबाट पैसा झिक्ने सेवा दिने तर ५० हजारभन्दा मुनीको निक्षेप स्वीकार नगर्ने जानकारी दिएकाे हाे । यसको अर्थ ५० हजार रुपैयाँभन्दा तलको रकम बैंकमा जम्मा गर्न मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ एक मात्र विकल्प हुनेछ ।

तर नगद जम्मा गर्न भने सकिने छैन । त्यस्तै याे अवधिभर डिम्याट पनि खुल्ने छैन । यसबाहेक रकम स्थानान्तरण, विप्रेषण भुक्तानी र अन्तर्राष्ट्रिय ब्यापारसँग सम्बन्धित सेवा भने सञ्चालन हुनेछन् । संघले निषेधाज्ञाभर डिजिटल बैंकिङ सेवा लिन आग्रह गरेको छ ।

May be an image of text

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४