काठमाडौं । एनआईसी एसिया बैंकले घरमै बसी डिजिटल कारोबार गर्न प्रोत्साहन स्वरूप ‘उत्तरदायी बनौं, मोबैंक गरौं’ योजना सार्वजनिक गरेकोे छ ।
यस योजनाअनुसार बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताले इन्टरनेट, टेलिभिजन, खानेपानी लगायतको शुल्कका साथै मोबाइल डेटा प्याक, बीमा, मेरो शेयर तथा डिम्याट भुक्तानी गर्दा प्रत्येक कारोबारमा ५ प्रतिशत वा अधिकतम रू. १०० नगद फिर्ता पाउनेछन् ।
यस योजनाअन्तर्गत एक जना ग्राहकले योजना अवधिभर अधिकतम रू. ५०० सम्म नगद फिर्ता प्राप्त गर्न सक्नेछन् । यो योजना जेठ २ देखि जेठ ३१ सम्म लागू हुनेछ ।
बैंकको एनआईसी एसिया मोबैंक एप प्रयोग नगरेका ग्राहकले प्ले स्टोर वा एप स्टोरबाट सो एप डाउनलोड गरी स्वयं दर्तासमेत गर्न सक्ने सुविधा रहेको छ ।
त्यस्तै बैंकको अनलाइन खाता खोली पहिलो पटक कारोबार गर्दा २५ प्रतिशत वा अधिकतम रू. ५०० सम्म, पहिलो विद्युतीय महशुल भुक्तानी गर्दा ५ प्रतिशत वा अधिकतम रू. २५० सम्म तथा आईसर्भमार्फत मोबाइल बैंकिङ्ग दर्ता गरी पहिलो कारोबार गर्दा २५ प्रतिशत वा अधिकतम रू. २५० सम्म नगद फिर्ताको याेजना कार्यान्वयन गरिरहेको छ ।
साथै, प्रत्येक हप्ता सुपर सिक्स योजना अन्तर्गत ग्राहकले एनआईसी एसिया मोबैंक एपबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गरेमा ६ प्रतिशत वा अधिकतम रू. ५०० सम्म नगद फिर्ताको योजना समेत उपलब्ध रहेको छ ।