close

एसएमएसबाटै यसरी लिनुहोस् शेयर बजारको जानकारी

टेकपाना टेकपाना

जेठ ४, २०७८ १४:०

एसएमएसबाटै यसरी लिनुहोस् शेयर बजारको जानकारी

काठमाडौं । एसएमएसबाट पनि नेपालकाे शेयर बजारसँग सम्बन्धित नयाँ नयाँ जानकारी लिन सकिन्छ । यसअघि एनसेलका ग्राहकका लागि यो सुविधा थियो । हालै नेपाल टेलिकमका सिम प्रयोगकर्ताले एसएमएसबाटै शेयर बजारको जानकारी लिने सुविधा पाएका छन् ।

यो सुविधासँगै अब इन्टरनेट नहुँदा छिटो र सहज रूपमा शेयर बजारको जानकारी लिन पाइनेछ । यसअघि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को वेबसाइट र विभिन्न समाचार माध्यममा भर पर्नुपर्ने बाध्यता थियाे ।

इन्टरनेटको पहुँच भन्दा बाहिर रहेको अवस्थामा पनि शेयर बजारका लगानीकर्ताले शेयरसम्बन्धी जानकारी लिन सकिने गरी यो याेमेरो लगानीले सेवा सञ्चालनमा ल्याएकाे हाे ।

यसअन्तर्गत शेयर बजारमा हाल जारी भइरहेका प्राथमिक निष्काशन तथा निकट भविष्यमा निष्काशन हुने तयारीमा रहेका आईपीओ, एफपीओ, म्युचुअल फण्ड, डिबेञ्चर, हकप्रद, शेयर बजारमा कारोबार भएको आधारमा बजारको समीक्षा (नेप्सेको घटबढ, कारोबार कम्पनी, संख्या र रकम) तथा नाफा कमाउने र गुमाउने कम्पनीहरुको जानकारी पाउन सकिन्छ ।

नेपाल टेलिकमका सिम प्रयोगकर्ताले *३१०५१*२#  डायल गरी एसएमएस सेवा लिन सक्नेछन् । एसएमएस सेवामा आईपीओ, एफपीओ, म्युचुअल फण्ड, डिबेञ्चर लगायतको बारेको जानकारी तुरून्त प्राप्त गर्न सक्नु हुने छ । साथै कम्पनीका साधारण सभा, राइट शेयर, बोनस सेयर र लाभांशको बारेमा पनि तुरून्तै सूचना पाउनु हुने छ ।

पोडकास्टमा शेयर बजारका सूचना,समाचारमात्र होइन बजार सकिएपछि त्यही दिनको बजारबारे गरिएको छलफल पनि सुन्न सक्नु हुने छ ।

जसका लागि यहाँले एसएमएस अर्लट्सको हप्ताको २० रुपैयाँ र पोडकाष्ट सुन्न पनि हप्ताको २० रुपैयाँ नै तिर्नुपर्ने हुन्छ ।

त्यसैगरी एनसेल सिम प्रयोगकर्ताले एसएमएस अर्लट्स योजना अन्तर्गतका सेवा लिन *१७१७४# डायल गर्नुपर्ने छ । जसमा एनसेल प्रयोगकर्ताले एसएमएस सेवा तीन दिनको लागि १० रुपैयाँ, साप्ताहिक सेवाका लागि २६ रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१