close

अक्सिजन प्लाण्ट राख्न ५० करोडसम्म विशेष पुनर्कर्जा

टेकपाना टेकपाना

जेठ ५, २०७८ ८:१

अक्सिजन प्लाण्ट राख्न ५० करोडसम्म विशेष पुनर्कर्जा

काठमाडौं । नेपाल राष्ट्र बैंकले अक्सिजन प्लाण्ट राख्नका लागि ५० करोड रुपैयाँसम्म विशेष पुनर्कर्जाको व्यवस्था मिलाउने भएको छ । आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा प्रतिवेदनमार्फत केन्द्रीय बैंकले यस्तो घोषणा गरेको हो ।

प्रतिवेदनअनुसार हाल नेपालमा सञ्चालनमा रहेका स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगको लिक्विड अक्सिजन प्लाण्टका लागि ५० करोड रुपैयाँसम्म विशेष पुनर्कर्जा उपलब्ध गराइनेछ ।

त्यस्तै अक्सिजन प्लाण्ट स्थापना गर्न २० करोड रुपैयाँसम्मको कर्जालाई विशेष पुनर्कर्जाको रुपमा उपलब्ध गराइनेछ ।

नेपालमा हाल सञ्चालनमा रहेका स्वास्थ्य सेवाप्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लाण्ट तथा अक्सिजन प्लाण्ट स्थापना गर्न कर्जा माग भएमा बेंक तथा वित्तीय संस्थाहरुले आधार दर (बेस रेट) मा नै कर्जा उपलब्ध गराउनेपर्ने केन्द्रीय बैंकले स्पष्ट पारेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१