close

माछापुच्छ्रेको केयर क्रेडिट सुविधा, स्वास्थ्य उपचारका लागि १० लाखसम्म लिन पाइने

टेकपाना टेकपाना

जेठ ५, २०७८ ८:२९

माछापुच्छ्रेको केयर क्रेडिट सुविधा, स्वास्थ्य उपचारका लागि १० लाखसम्म लिन पाइने

काठमाडौँ । माछापुच्छ्रे बैंकले नागरिकको स्वास्थ्य उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले ‘एमबीएल केयर क्रेडिट’ सुविधा सञ्चालनमा ल्याएको छ ।

यस सुविधाअन्तर्गत ग्राहकले आफ्नो तथा परिवारको उपचारमा लाग्ने खर्च बैंकको केयर क्रेडिट सुविधाअन्तर्गत किस्ताबन्दीमा भुक्तानी गर्नसक्ने बैंकले जनाएको छ ।

यस योजनामा ग्राहकले १० लाख रुपैयाँसम्म प्राप्त गर्न सक्नेछन् । बैंकका क्रेडिट कार्ड भएका ग्राहक र नयाँ क्रेडिट कार्ड लिएर पनि ग्राहकले यस सुविधा लिनसक्ने जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१