close

निषेधाज्ञाका कारण साओमी मोबाइलको वारेन्टी समय थप

टेकपाना टेकपाना

जेठ ५, २०७८ १६:४७

निषेधाज्ञाका कारण साओमी मोबाइलको वारेन्टी समय थप

काठमाडौं । कोभिड महामारी कारण सरकारले विभिन्न जिल्लाहरुमा निषेधाज्ञा गरिएकाले साओमीले आफ्ना मोबाइलमा वारेन्टी थप्ने भएको छ ।

साओमी नेपालले एक सूचना जारी गर्दै निषेधाज्ञाको अवधिमा वारेन्टी समय सकिएमा कम्पनीले थप ३० दिनका लागि वारेन्टी दिने जनाएको छ ।

हाल नेपाली बजारमा यस कम्पनीका स्मार्टफाेन प्रयाेगकर्ता बढिरहेका छन् । विशेषगरी मिडरेञ्ज स्मार्टफाेनमा कम्पनीले आफ्नाे बजार विस्तार गरिरहेकाे छ ।

No description available.

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१