काठमाडौं । केही दिन अघि मात्र नेपाल टेलिकमले नेपालमै पहिलो पटक फोरजी भीओएलटीई सेवा सञ्चालनमा ल्याएको छ । एचडी भ्वाइस र भिडिओ कल गर्न सकिने कम्पनीको यो सेवा देशभरका लागि सार्वजनिक गरिएको हो ।
यद्यपी सबै मोबाइल सेट यसका लागि कम्प्याटिबल नभइसकेको अवस्थामा टेलिकमले आफ्नो सेवालाई परीक्षणको रुपमा सार्वजनिक गरिएको जनाएको छ । सामसङ, साओमी र नोकिया गरी हाल तीन वटा ब्राण्डका ४७ वटा मोडेलका स्मार्टफोनमा यो सेवा प्रयोग गर्न सकिन्छ ।
जसमा सामसङका मात्र सबैभन्दा बढी ३१ वटा छन् । त्यसपछि साओमीका १३ र नोकियाका ३ वटा मोडलमा टेलिकमको भीओएलटीई प्रयोग गर्न सकिनेछ । यद्यपी अन्य ब्राण्डका स्मार्टफोनमा समेत निकट भविष्यमा यो सेवा उपलब्ध हुने बताइएको छ ।
त्यसमा पनि सबैभन्दा बढी सामसङका मोबाइलहरु रहेका छन् । सामसङ नेपालबा मोबाइल विजनेस हेड प्रणयरत्न स्थापिका अनुसार सन् २०२० यताका सबै सामसङ मोबाइल टेलिकमको भीओएलटीईसँग कम्प्याटिबल छ ।
‘अब आउने सबै नयाँ मोबाइल समेत भीओएलटीई चल्नेगरी नै आउँछन्,’ उनले भने, ‘तर पुराना मोडलका कमै मात्र स्मार्टफोनमा यो सुविधा छ ।’ कम्पनीको अफिस नै नेपालमै भएकाले र सामसङले नेपाली बजार तथा उपभोक्तालाई प्राथमिकतामा राखेका कारण सुरुवाती समयमै कम्पनीका धेरै स्मार्टफोनमा भीओएलटीई चलाउन सम्भव भएको उनको भनाई छ ।
‘बाहिर अन्य देशका लागि यो नयाँ विषय होइन । नेपाल टेलिकमबाट यो सेवा सुरु गर्ने कुरा आउने वित्तिकै हामीले सहकार्यका लागि आवश्यक प्रक्रिया अगाडि बढायौं,’ उनले भने ।
पाँच सात महिना अघि नै सामसङका मोबाइलमा टेलिकमको भीओएलटीई सेवा इनेबल गराउने प्रक्रिया थालिएको कम्पनीले जनाएको छ । टेलिकमले नेपालमा पहिलो पटक भीओएलटीई सेवा सञ्चालन गर्नेभएपछि स्मार्टफोन निर्माताले पनि त्यसका लागि आफ्ना सेटहरुमा अपडेट पठाउनुपर्ने हुन्छ ।
‘हामीले कम्पनीका स्मार्टफोनमा अपडेट पठाएर सम्भव रहेका सबै सेटलाई भीओएलटीई चल्ने बनाइसकेका छौं,’ स्थापितले भने, ‘हाम्रा प्रयोगकर्ताले चाँडो भन्दा चाँडो यो सेवा प्रयोग गर्न सकुन् भनेरै हामीले त्यस किसिमको अग्रसरता देखाएका थियौं ।’
सामसङले नेपाली बजारमा आफू सबैभन्दा अगाडि रहेको दाबी गर्दै आएको छ । अर्कोतर्फ नेपाल टेलिकम समेत नेपालको सबैभन्दा ठूलो दूरसञ्चार कम्पनी हो । दुवै लिडर भएका कारण सहकार्य सहज भएको स्थापितको भनाई छ ।
सामान्यतया अधिकांश ग्राहकले दुईदेखि तीन वर्षमा नयाँ स्मार्टफोन खरिद गरिरहेका हुन्छन् । बजारमा भीओएलटीई चल्ने पर्याप्त सेटहरु उपलब्ध रहेको कम्पनीले जनाएको छ । तर कोरोना महामारीका कारण जारी निषेधाज्ञाका कारण बजार पसलहरु खुल्न सकेका छैनन् ।
अहिलेको विषम परिस्थितिमा अफिसको काम, विभिन्न सेवा सुविधा, अध्ययन, संचार जस्ता अत्यावश्यकीय सेवा मोबाइल तथा कम्प्युटरबाटै सम्भव भएका छन् ।
यस्तो अवस्थामा कम्प्युटर तथा मोाबइल डिभाइसलाई इन्टरनेट तथा दूरसञ्चार जस्तै अत्यावश्यकीय सेवाको रुपमा सूचीकृत गर्न ढिलाई भइसकेको स्थापितको तर्क छ ।
यस्ता छन्, टेलिकमको भीओएलटीई चल्ने स्मार्टफोन
- Samsung Galaxy M01s
- Samsung Galaxy M02
- Samsung Galaxy M02s
- Samsung Galaxy M11
- Samsung Galaxy M12
- Samsung Galaxy M21
- Samsung Galaxy M30s
- Samsung Galaxy M31
- Samsung Galaxy A12
- Samsung Galaxy A51
- Samsung Galaxy A52
- Samsung Galaxy A70
- Samsung Galaxy A70s
- Samsung Galaxy A71
- Samsung Galaxy A72
- Samsung Galaxy Note 10 Lite
- Samsung Galaxy S10
- Samsung Galaxy S10+
- Samsung Galaxy S10e
- Samsung Galaxy S20
- Samsung Galaxy S20+
- Samsung Galaxy S20 ultra
- Samsung Galaxy S20 FE
- Samsung Galaxy S21
- Samsung Galaxy S21+
- Samsung Galaxy S21 Ultra
- Samsung Galaxy Note 10
- Samsung Galaxy Note 10+
- Samsung Galaxy Note 20
- Samsung Note 20 Ultra
- Samsung Galaxy Z Fold2
- Xiaomi Redmi 8A
- Xiaomi Redmi Note 9 pro
- Xiaomi Redmi Note 9
- Xiaomi Redmi Note 7 Pro
- Xiaomi Redmi Note 10 Pro
- Xiaomi Redmi 9C
- Xiaomi Redmi 9A
- Xiaomi Redmi 9 Prime
- Xiaomi Redmi 8
- Xiaomi Redmi 7
- Xiaomi Poco F1
- Xiaomi Mi Note 10 Lite
- Xiaomi Mi 10
- Nokia 5.3
- Nokia 7.2
- Nokia 3.4
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१
