close

मोबाइल एपमा यसरी निःशुल्क हेर्नुहोस्, चलचित्र ‘डमरुको डण्डीबियो’

टेकपाना टेकपाना

जेठ ७, २०७८ १९:१२

मोबाइल एपमा यसरी निःशुल्क हेर्नुहोस्, चलचित्र ‘डमरुको डण्डीबियो’

काठमाडौं । खगेन्द्र लामिछाने, मेनुका प्रधान लगायतका कलाकारहरुको अभिनय रहेको नेपाली चलचित्र ‘डमरुको डण्डीबियो’ अब निःशुल्क हेर्न पाइने भएको छ । दर्शकले सिनेमाघर एपमा यो चलचित्र निःशुल्क हेर्न सक्नेगरी उपलब्ध गराइएको हो ।

स्व. छेतेन गुरुङको निर्देशन रहेको यो चलचित्र कोरोना महामारीको दोश्रो लहरसँगै जारी लकडाउनको समयमा सबैले मनोरञ्जन लिनसक्नेगरी एपमा निःशुल्क गरिएको हो ।

अहिले यो सुविधा नेपालभित्र मात्र रहेको र क्रमशः अरु देशहरुमा समेत उपलब्ध गराउँदै जाने सिनेमाघर एपका कार्यकारी अधिकृत सागर खरेलले जानकारी दिए । डमरुको डन्डिवियो सिनेमाघर एपमा एकदमै रुचाइएको चलचित्र हो ।

यसअघि शुल्क तिरेर हेर्न सकिने यो चलचित्र सिनेमाघर एपमा सबैभन्दा धेरै किनेर हेरिएको चलचित्र समेत हो । त्यसका बाबजुत जारी निषेधाज्ञाको अवस्थामा सबैलाई मनोरञ्जन दिने उद्देश्यका साथ निःशुल्क गरिएको एपले जनाएको छ ।

चलचित्र हेर्नको लागि एप स्टोरमा गएर सिनेमाघर एप अपडेट गर्नुपर्ने हुन्छ । सिनेमाघर एप एण्ड्रोइड, आईओएस, अमेजन फायर टिभी, एण्ड्रोइड टिभी लगायतमा उपलब्ध छ ।

एप डाउनलोड गर्न एन्ड्रोइडका लागि यहाँ र आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१