काठमाडौं । ब्रोडवे इन्फोसिसले निःशुल्क रुपमा अटाेक्याड सिकाउने भएको छ । कोरोना महामारीका कारण जारी निषेधाज्ञाको समय सदुपयोग गर्ने उद्देश्यका साथ कम्पनीले विभिन्न काेर्षमा निःशुल्क सेसन सञ्चालन सञ्चालन गरिरहेकाे छ ।
कम्पनीले निःशुल्क रुपमा अटाेक्याड सम्बन्धित सीप सिकाउने जनाएको छ । आउँदो जेठ १२ देखि बाट सुरु हुने निःशुल्क कक्षा ३ दिनसम्म चल्नेछ ।
दैनिक दुई घण्टाको सेसनको दरले कूल ६ घण्टा अटाेक्याड सिकाइनेछ, जसअन्तर्गत अटोक्याडकाे अवधारणा, आधारभूत विषय, फ्रेमवर्क लगायतका विषयमा छलफल गरिनेछ ।
साथै निःशुल्क सेसनमा अटाेक्याडमा रहेका अवसर र क्यारियरको विषयमा समेत चर्चा हुनेछ । यस क्षेत्रकै ख्यातिप्राप्त प्रशिक्षकले सेसन सञ्चालन गर्ने बताइएको छ ।
निःशुल्क रुपमा अटाेक्याड प्रोग्रामिङ सिक्न चाहनुहुन्छ भने यहाँ क्लिक गरी फाराम भर्नुहोस् र आफ्नो सिट सुरक्षित गर्नुहोस् ।
सेसनका लागि सुरुमा रजिस्टर गर्नेलाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ । कम्पनीले यसअघि निःशुल्क पाइथनकाे सेसन सञ्चालन गरेकाे थियाे । साथै अघिल्लो समयको लकडाउनमा समेत निःशुल्क कक्षाहरु सञ्चालन गरिएको थियो ।