close

टेलिग्राम संस्थापक भन्छन्- आईफोन प्रयोगकर्ता एप्पलका ‘डिजिटल दास’

टेकपाना टेकपाना

जेठ ९, २०७८ १२:५८

टेलिग्राम संस्थापक भन्छन्- आईफोन प्रयोगकर्ता एप्पलका ‘डिजिटल दास’

इन्स्ट्यान्ट म्यासेजिङ एप टेलिग्रामका संस्थापक पावेल दुरोभ एन्ड्रोइड फोनहरू आईफोन भन्दा निकै राम्रा रहेको ठान्छन् । दुरोभका अनुसार आईफोन अझै पुरानो समयमा अड्किएको छ ।

जबकि एन्ड्रोइडले नयाँ नयाँ परिवर्तनमार्फत आफ्ना प्रयोगकर्ताहरूलाई अझ राम्रा फिचर प्रदान गरिरहेको छ। यति मात्र होइन, उनले आईफोन प्रयोगकर्तालाई ‘एप्पलका डिजिटल दास‘ को संज्ञा समेत दिएका छन् ।

दुरोभले आफ्नो टेलिग्राम च्यानलमा न्यु योर्क टाइम्सको एउटा लेख शेयर गर्दै यस्तो बताएका हुन् । उक्त लेखमा, चीनसँग एप्पलको सम्बन्ध र ‘चीनको तर्फबाट एप्पलले भारी मात्रामा सेन्सरशिप र निगरानी गरेको’ आरोप लगाइएको छ ।

चीनको कम्युनिस्ट पार्टी एकाधिकारवादी सोचमा चल्दछ । आज एप्पलकै कारण आईफोनमा निर्भर आफ्ना नागरिकको एप तथा डेटामा उसले नियन्त्रण कायम गराखेको छ ।

दुरोभले अगाडि भनेका छन्, ‘आईफोनले तपाईंलाई ‘एप्पलको डिजिटल दास’ बनाइरहेको छ। तपाईंलाई त्यस्ता एप प्रयोग गर्न मात्र अनुमति दिन्छ, जसलाई एप्पलले एप स्टोरबाट मात्र इन्स्टल गर्ने अनुमति दिन्छ र तपाईंले एप्पलकै आईक्लाउडमा मात्र डेटा ब्याकअप गर्न पाउनुहुन्छ ।’

यहाँनिर महत्वपूर्ण कुरा के छ भने टेलिग्राम एप सबैभन्दा पहिला आईओएसकै लागि सार्वजनिक भएको थियो । जब कि एन्ड्रोइड प्रयोगकर्ताका लागि सन् २०१३ मा सार्वजनिक गरिएको थियो।

दुरोभका अनुसार एप्पलले आफ्नो बिजनेस मोडललाई प्रवर्द्धन गर्न राम्रोसँग जानेको छ । ‘जो आफूसँग जोडिएका ग्राहकहरुलाई पुरानो समयका हार्डवेयर उच्च मूल्यमा बिक्री गर्न सिपालु छ,’ उनले भनेका छन्, ‘जब म मेरो आईफोनमा उसको आईओएस एप प्रयोग गर्छु, तब मलाई महसुस हुन्छ कि म पुरानै समयमा छु ।

एन्ड्रोइड फोनहरूमा तपाईंले १२० हर्ज रिफ्रेश रेटमा काम गर्ने डिस्प्ले पाउन सक्नुहुन्छ । जसबाट एनिमेसन एकदम स्मुथ (सहज) रुपमा चल्दछ । त्यहीँ एप्पल अझै पनि ६० हर्ज रिफ्रेश रेटमा काम गरिरहेको छ । अब त्यसले कहिल्यै पनि एन्ड्रोइडसँग प्रतिस्पर्धा गर्न सक्दैन ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१