close

१० महिनामै नेपाल भित्रिए ३२ अर्ब बढीका मोबाइल, आयातमा नयाँ रेकर्ड

टेकपाना टेकपाना

जेठ ९, २०७८ १९:३७

१० महिनामै नेपाल भित्रिए ३२ अर्ब बढीका मोबाइल, आयातमा नयाँ रेकर्ड

काठमाडौं । कोरोना सङ्क्रमणयता मोबाइलको आयात निकै बढेको पाइएको छ । भर्चुअल गतिविधि बढ्दा मोबाइलको आयातमा समेत नयाँ रेकर्ड बनेको हो ।

चालू आर्थिक बर्ष २०७७/७८ को सुरुवाती १० महिनामा अर्थात बैशाखसम्ममात्रै करिब ३२ अर्ब रुपियाँको मोबाइल आयात भएको छ । दश महिनाको अवधिमा आयात भएकोमध्ये यो अहिलेसम्मकै सबैभन्दा धेरै हो ।

भन्सार विभागका अनुसार बैशाखसम्म नेपालले ६३ लाख ५५ हजार २३४ थान मोबाइल आयात गरेको छ । यस अवधिमा मोबाइल आयातबापत बाट मात्रै सरकारले पाँच अर्ब रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ । नेपालले मुख्यगरी चीन, भारत, भियतनाम लगायतका एक दर्जन मुलुकबाट मोबाइल आयात गर्दै आएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१