काठमाडौं । ह्वाट्सएपले नयाँ फिचर ल्याउन लागेकाे छ । यसअन्तर्गत अब प्रयाेगकर्ताले आफ्नो च्याट हिस्ट्रीलाई अर्को प्लेटफर्ममा ट्रान्सफर गर्न पाउनेछन् ।
प्रयोगकर्ताले डिभाइस परिवर्तन गर्दा स्याट हिस्ट्री पनि ट्रान्सफर गर्न सकिने फिचर कम्पनीले ल्याउन लागेको हो । यो फिचर एन्ड्रोइड र आईओएसका डिभाइसमा च्याट हिस्ट्री ट्रान्सफर गर्न ल्याउन लागिएकाे हाे ।
हालसम्म ह्वाट्सएपले अर्को अपरेटिङ सिस्टममको डिभाइसमा च्याट हिस्ट्री पुनर्स्थापित गर्ने विकल्प दिएकाे छैन । याे फिचरले अर्काे प्लेटफर्ममा स्वीच हुने प्रयाेगकर्तालाई राहत दिने विश्वास कम्पनीले गरेकाे छ ।