close

डिशहोमको एउटा फरक रियालिटी शो- हिपहप ब्याटल

टेकपाना टेकपाना

जेठ १०, २०७८ ११:५४

डिशहोमको एउटा फरक रियालिटी शो- हिपहप ब्याटल

काठमाडौं । नेपालको एकमात्र स्याटेलाइट टेलिभिजन प्रसारक डिशहोमले एउटा फरक प्रकारको रियालिटी शो-हिपहप ब्याटल प्रसारण गर्ने भएको छ । विभिन्न विधाको कार्यक्रम निर्माण तथा प्रशारण गर्ने क्रममा कम्पनीले हिपहप डान्स ब्याटल नामक नयाँ रियालिटी शो सुरु गर्न लागेको हो ।

शुशिला आर्टस् एकेडेमीको परिकल्पनामा डिशहोमले निर्माण गरेको यो कार्यक्रम डिशहोमको च्यानल नम्बर १०२ रियालिटी टिभीमा हरेक आइतवार बेलुकी ७ः३० वजे प्रसारण हुनेछ । रियालिटी टिभी डिशहोम र सिम टिभीको सम्पूर्ण प्याकेजका ग्राहकहरुले यो कार्यक्रम हेर्न सक्ने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१