close

जेनेस सोलुसनमा थपियो साढे ५ करोड लगानी, नयाँ सीईओमा पोखरेल नियुक्त

टेकपाना टेकपाना

जेठ १०, २०७८ १४:५५

जेनेस सोलुसनमा थपियो साढे ५ करोड लगानी, नयाँ सीईओमा पोखरेल नियुक्त

काठमाडाैं । नेपालस्थित बहुराष्ट्रिय सूचना प्रविधि कम्पनी जेनेस सोलुसनले बिजनेस अक्सिजन प्रालिबाट साढे ५ कराेड बराबरकाे लगानी प्राप्त गरेको छ । बिजनेस अक्सिजन प्रालि वर्ल्ड बैंक ग्रुप अन्तर्गतको अन्तर्राष्ट्रिय वित्तिय निगमद्वारा सञ्चालित ग्लोबल एसएमई भेन्चर पहलको एक अंग हो ।

मुख्यत: क्लाउड कन्सल्टेन्सी क्षेत्रमा अग्रणी स्थानमा रहेको जेनेस सोलुसनले उक्त रकम आफ्नो विभिन्न रणनैतिक उद्देश्यहरूको परिपूर्तिको लागि प्रयोग गर्ने छ । यस्ता उद्देश्यहरुमा आफ्नो सेवा र उत्पादनको दायरा विस्तार र व्यवसायिक सीपको स्तरोन्नति लगायत देशको समग्र डिजिटल क्षेत्रको रूपान्तरण पर्दछन् ।

‘बिजनेस अक्सिजन प्रालिबाट प्राप्त वित्तीय लगानीलाई हामी दक्ष मानव संशाधन र पछिल्ला प्रविधि अपनाई आफ्नो दैनिक कार्य सम्पादनलाई रुपान्तरण गर्न परिचालन गर्ने छौं । यसले दीर्घकालीन रुपमा देशको सम्पूर्ण सूचना प्रविधि उद्याेगलाई नयाँ उचाइमा पुर्याउन एक उत्प्रेरकको भूमिका खेल्ने छ, जेनेस सोलुसनका संस्थापक अञ्जनी फुँयालले भने ।

त्यसैगरी, कम्पनीले प्रसन्न पोखरेललाई आफ्नो नेपाल कार्यालयको लागि नयाँ प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको छ ।

सिक्स सिग्मा ब्लाक बेल्टको प्रमाणपत्र पाएका पोखरेलको आईबीएम, ई. एक्स. एल, भायानेट कम्युनिकेसन लगायत सूचना प्रविधिको क्षेत्रमा सम्बन्धित विभिन्न संगठनहरुमा अग्रणी स्थानमा बसेर काम गरेको दुई दशक लामो अनुभव छ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१