close

अनलाइनबाटै एनआईसीको डलर कार्ड, यस्तो छ लिने तरिका

टेकपाना टेकपाना

जेठ ११, २०७८ १९:१७

अनलाइनबाटै एनआईसीको डलर कार्ड, यस्तो छ लिने तरिका

काठमाडाैं । एनआईसी एसिया बैंकले विभिन्न विदेशी अनलाइन माध्यमबाट खरिद गरिने सामग्री तथा सेवाको खरिद रकम स्वदेशबाटै भुक्तानी गर्न सकिने सुविधा भएको प्रिपेड डलर कार्ड अनलाइनबाटै आवेदन दिन सकिने सुविधा ल्याएको छ ।

यो सुविधा ग्राहकले जुनसुकै स्थानबाट जुनसुकै समयमा आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी बैंकको वेबसाइट तथा मोबाइल बैंकिङ्ग एपमा रहेको ‘आईसर्भ’ प्लेटफर्ममार्फत उपभोग गर्न सकिनेछ । भिजा नेटवर्कमा आधारित हुने यस कार्डमार्फत ग्राहकले वार्षिक अधिकतम पाँच सय अमेरिकी डलर बराबरको अनलाइन खरिदमा भारत र भुटानबाहेक विश्वका अन्य मुलुकमा भुक्तानी गर्न सक्नेछन् ।

बैंकका ग्राहकले बैंकको ‘आईसर्भ’ भित्र ‘कार्ड सर्भिसेस’ मा क्लिक गरी ‘डलर कार्ड रिक्वेस्ट’ मा गई आफ्नो नाम, खाता नम्बर, मोबाइल नम्बर एवं ईमेल आईडी र प्यान नम्बर उल्लेख गर्नुपर्छ । उक्त विवरण भरेपछि ग्राहकको मोबाइल नम्बरमा ओटीपी प्राप्त हुने र साे काेड राखेर आफ्नो आवेदन भेरिफिकेसन गर्न सकिनेछ ।

यसपछि ग्राहकले आफूलाई आवश्यक परेको डलर रकम न्यूनतम २५ डलरदेखि अधिकतम ५०० डलर बराबरको रकम कार्डमा लोड गर्न सक्नेछन् । यसरी रकम लोड गरेपछि आफूलाई पायक पर्ने बैंकको शाखा छनौट गर्नुपर्छ ।

यसरी प्राप्त आवेदनको आधारमा बैंकले डलर कार्ड तयार गरी सम्बन्धित ग्राहकलाई एसएमएसमार्फत जानकारी गराउनेछ । उक्त कार्ड निजले छनौट गरेको शाखा कार्यालयबाट बिना अतिरिक्त कागजी प्रक्रिया लिन सक्नेछन् ।

ग्राहकले याे सुविधा लिन तीन सय ५० रूपैयाँ शुल्क लाग्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१