काठमाडौं । स्मार्ट टेलिकमले ५ सय ९५ रुपैयाँमा ६० जिबी डेटाको आकर्षक अफर सार्वजनिक गरेको छ । निषेधाज्ञाका समयमा ग्राहकको जीवनलाई थप सरल र सस्तो बनाउने उद्देश्यले सो प्याकेज हरेक दिन दुई जिबीका दरले ३० दिनसम्म प्रयोग गर्न सकिने स्मार्टले जनाएको छ।
स्मार्टका ग्राहकहरुले एकपटक प्याक खरिद गरेपछि ३० दिनको डेटा नसकेसम्म फेरि पटक-पटक सो प्याकेज खरिद गर्न सक्ने छैनन् । हरेक दिनको २ जीबी डेटा अर्को दिन प्रयोग गर्न नसकिने स्मार्टले जनाएको छ ।