close

सगरमाथा र अन्नपूर्ण आधार शिविरमा नि:शुल्क इन्टरनेट, धार्मिक क्षेत्रमा पनि प्रयोग गर्न पाइने

टेकपाना टेकपाना

जेठ १४, २०७८ १९:३

सगरमाथा र अन्नपूर्ण आधार शिविरमा नि:शुल्क इन्टरनेट, धार्मिक क्षेत्रमा पनि प्रयोग गर्न पाइने

काठमाडौं । प्रमुख पर्यटकीय क्षेत्रमा नि:शुल्क इन्टरनेट सुविधा उपलब्ध गराउने उद्देश्यसहित सञ्चालन गरिएको अभियान सगरमाथा र अन्नपूर्ण आधार शिविरसम्म विस्तार भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणमार्फत सञ्चालित उक्त आयोजना अन्तर्गत चालू आवमा यी दुई पर्यटकीय केन्द्रमा नि:शुल्क सेवा सुरु गरिएको हो ।

यसबाहेक गत फागुनसम्म आधा दर्जन धार्मिक तथा पर्यटकीय स्थलहरुमा पनि नि:शुल्क इन्टरनेट सेवा सुरु भएको शुक्रवार सार्वजनिक गरिएको आर्थिक सर्वेक्षणमा उल्लेख छ । जस अनुसार पाथिभरा, हलेसी, बराह क्षेत्र, जानकी मन्दिर, मुक्तिनाथ र लुम्बिनीमा यस्तो सेवा उपलब्ध छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१