काठमाडौं । वेबसाइट बनाउने सजिलो माध्यमको रुपमा परिचित कन्टेन्टडरले नयाँ अभियान सञ्चालन गरेकाे छ । नेपाली आईटी कम्पनी ब्रेनडिजिट आईटी सोलुसन्सको टिमले विकास गरेको याे अस्ट्रेलियन बेस्ड वेबसाइट बिल्डिङ प्लेटफर्मले फ्रिल्यान्सरका लागि लक्षित गर्दै ‘वेबसाइट बनाउने, एक्स्ट्रा पैसा कमाउने’ नामकाे अभियान सुरू गरेकाे हाे ।
फ्रिल्यान्सरलाई वेबसाइट निर्माणमा विज्ञ बनाई आम्दानी गर्ने अवसर प्रदान गर्न याे अभियान सञ्चालन गरिएकाे कम्पनीले जनाएकाे छ ।सामाजिक उत्तरदायित्वअन्तर्गत युवालाई स्वरोजगार प्रदान गर्न याे अभियानले सहयाेग पुग्ने विश्वास गरिएकाे छ ।
गैरप्राविधिक वा कोडिङ नजान्ने युवाले यो प्लेटफर्म प्रयोग गरेर वेबसाइट निर्माण गर्न सक्छन् । यसकाे सबैभन्दा राम्राे पक्ष भनेकै जाेकसैले पनि कन्टेन्टडर प्रयाेग गरी सजिलै उत्कृष्ट वेबसाइट सिर्जना गर्न र माेडिफाइ गर्न सक्छन् । साथै डिजाइनर र डेभलपरले आफ्ना कम्पोनेन्ट र टेम्प्लेटहरु बनाएर कन्टेन्टडर परिवारको एक भाग बन्ने अवसर पनि पाउँछन् ।
कन्टेन्टडरले समयानुकूल नयाँ नयाँ फिचर थप गर्दै आएको छ । वेबसाइट निर्माणमा भर्खरै हात हालेका वा यसमा रुचि भएका व्यक्तिले बिना कोडिङ सजिलै आकर्षक वेबसाइट गर्न सकिने सुविधा यसले दिइरहेकाे छ ।
कन्टेन्टडरमा सोसल मिडिया म्यानेजमेन्ट, एसईओ टुल्स, डिजिटल मार्केटिङ सर्भिस लगायतका इनब्युल्ट मार्केटिङ फिचरहरु पनि रहेका छन् ।