close

प्रयोगकर्ताको डेटा संकलन गर्दै अलिबाबा स्वामित्वको युसी ब्राउजर

टेकपाना टेकपाना

जेठ १९, २०७८ १२:४८

प्रयोगकर्ताको डेटा संकलन गर्दै अलिबाबा स्वामित्वको युसी ब्राउजर

काठमाडौं । चर्चित वेब ब्राउजर युसी ब्राउजरले प्रयोगकर्ताको ब्राउजिङ डेटा संकलन गरिरहेको पाइएको छ । अलिबाबाको सहायक कम्पनी युसी वेबको उत्पादन युसी ब्राउजरबाट एन्ड्रोइड तथा आईओएस प्रयोगकर्ताले ब्राउजरमा के सर्च गरिर हेरिरहेका छन र के गरिरहेका छन भन्ने विषय सबै संकलन गरिरहेको एक अनुसन्धानले खुलासा गरेकाे हाे ।

सुरक्षा अनुसन्धानकर्मी गाबी सर्लिगले गरेकाे साे अनुसन्धानमा युसी ब्राउजरले प्रयोगकर्ताले हरेक वेबसाइटमा लगइन गरेको जानकारी संकलन गरिरहेको उल्लेख छ । साथै यसले आईपी एड्रेसको जानकारी समेत लिइरहेको जनाइएको छ ।

अध्ययनअनुसार त्यसरी संकलन गरिएको डेटा ब्राउजरले युसी वेबको सर्भरमा पठाइरहेको छ । यतिसम्म कि इन्कग्निटो मोडमा पनि ब्राउजरले प्रयोगकर्तालाई निगरानी गरिरहेको छ ।

प्रयोगकर्ताकाे अनलाइन व्यवहार अध्ययन गर्न यस्ता डेटा प्रयोग भइरहेको साे अध्ययनले उल्लेख गरेकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३