काठमाडौं । हामीमध्ये धेरैले गुगल क्रोम प्रयोग गर्छाैं । र्यामलाई यो ब्राउजरले एकदमै छिटो खराब बनाउने गरेकाे गुनासाे सुन्न पाइन्छ । यो कमजोर पक्षको बावजुद यसमा रहेकाे एक्सटेन्सन फिचरले यसलाई असल ब्राउजर नै मानिन्छ ।
यो सुरक्षित पनि छ । यसलाई अझ धेरै सुरक्षित बनाउन तपाईंले केही काम गर्न सक्नुहुन्छ । उदाहरणका लागि Saftey Check बटन क्लिक गर्नुहोस् ।
उसो भए कहाँ छ त Saftey Check ? यसलाई खोज्ने सबैभन्दा सजिलो तरिका भनेको एड्रेस बारमा यसलाई टाइप गरेर इन्टर थिच्नु नै हो ।
यो विधिबाट भएन भने तपाईंसँग अर्को विकल्प पनि छ । सेटिङमा गएर बायाँतिर रहेको Saftey Check मा क्लिक गर्नुहोस् । त्यसपछि Check now मा क्लिक गर्नुहोस् ।
सेफ्टी चेक बटनमा क्लिक गरेपछि यसबाट चारवटा काम गराउन सकिन्छ ।
१. गुगल क्रोम अपडेट चेक गर्न सकिन्छ ।
२. तपाईंले स्टोर गरेको कुनै पासवर्ड कम्प्रोमाइज भएको छ कि चेक गर्न सकिन्छ ।
३. सेफ ब्राउजिङ इनेबल भएको छ कि छैन । यी सेटिङलाई ट्वीस्ट गर्न तपाईंलाई लिङ्क पनि प्रदान गरिएको हुन्छ ।
४. हानिकारक एक्सटेन्सनहरु चेक गर्न सक्नुहुन्छ ।
यदि तपाईं अझ धेरै प्रोटेक्सन चाहनुहुन्छ भने Enhance Protection इनेबल गर्न सक्नुहुन्छ, जुन Safe Browsing भित्र हुन्छ । त्यसले तपाईंलाई ठूलो सुरक्षा प्रदान गर्दछ ।
तर यसले तपाईंको ब्राउजिङ डेटा गुगललाई पठाउन अनुमति माग्छ । Saftey Check गर्नु निकै छिटो काम हो । यसले तपाईंको मस्तिष्कलाई आराम र शान्ति प्रदान गर्दछ ।