टेस्लामा क्रिप्टोकरेन्सी स्वीकार गर्ने मस्को भनाइपछि १२.५ प्रतिशतले बढ्यो बिटक्वाइनको मूल्य
जेठ ३१, २०७८ १३:१६
काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा बिटक्वाइनको मूल्य १२.५ प्रतिशतले बढेको छ । विद्युतीय कार निर्माता टेस्लाका प्रमुख एलन मस्कले भविष्यमा पुनः क्रिप्टाेकरेन्सी स्वीकार गर्नसक्ने बताएपछि बिटक्वाइनकाे मूल्य एकै दिनमा उल्लेख्य बढेकाे हाे ।
मस्कले बिटक्वाइन माइनिङमा ‘रिजनेवल’ क्लिन इनर्जी’ प्रयोग भएको खण्डमा कम्पनीले बिटक्वाइटलाई पेमेन्टको माध्यमको रुपमा स्वीकार गर्ने बताएका हुन् ।
उनले बिटक्वाइन माइनिङमा ५० प्रतिशतमात्रै भएपनि क्लिन इनर्जी प्रयोगमा आएको खण्डमा बिटक्वाइनलाई कारोबारको माध्यमको रुपमा मान्यता दिने बताएका थिए ।
Did you see?
— Cointelegraph (@Cointelegraph) June 13, 2021
Elon Musk is catching flak again, but what's it for this time? Sygnia CEO Magda Wierzycka lambasted him saying “What we have seen with Bitcoin is price manipulation by one very powerful and influential individual." https://t.co/W5WYgGnKPR
This is inaccurate. Tesla only sold ~10% of holdings to confirm BTC could be liquidated easily without moving market.
— Elon Musk (@elonmusk) June 13, 2021
When there’s confirmation of reasonable (~50%) clean energy usage by miners with positive future trend, Tesla will resume allowing Bitcoin transactions.
यसका साथै तान्जानियाका नेता सामिया सुलुहु हसनले पनि पूर्वी अमेरिकी राष्ट्रका वित्तीय प्रमुखलाई क्रिप्टोकरेन्सीका लागि तयार रहन भनेका थिए ।
मस्क र हसनको उक्त अभिव्यक्तिले बिटक्वाइलको मूल्य २४ घण्टाको अवधिमा १२.५ प्रतिशतले बढेको हाे । योसँगै बिटक्वाइनको बजार मूल्य ४० हजार डलरको हाराहारीमा पुगेको छ ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१
