close

निषेधाज्ञामा बढ्यो अन्तरबैंक कारोबार

टेकपाना टेकपाना

असार २, २०७८ ९:१

निषेधाज्ञामा बढ्यो अन्तरबैंक कारोबार

काठमाडाैं । निषेधाज्ञाको समयमा बैक तथा वित्तीय संस्था बन्द भएपछि अन्तरबैंक कारोबार गर्ने ग्राहककाे संख्या बढेकाे छ । निषेधाज्ञामा एकातिर बैंक तथा वित्तीय संस्थाका शाखा बन्द हुनु अर्कातिर एटीएम बुथ वा खुलेका कतिपय काउन्टरमा जान पनि प्रहरीले रोक्ने अवस्था आएपछि मासिनसहरु अन्तरबैंक कारोबारमार्फत कारोबार गरिरहेका छन् ।

अघिल्लो लकडाउनमा भन्दा अहिलेको निषेधाज्ञामा अन्तरबैंक कारोबार गर्नेहरुको संख्या बढेको फोनपेका प्रमुख प्राविधि अधिकृत दिवस सापकोटाले बताए । फाेनपेले बैंकहरूका लागि अन्तरबैंक कारोबारको सुविधा सञ्चालन गरेकाे छ ।

फाेनपेकाे अन्तरबैंक रकम ट्रान्स्फर (आईबीएफटी) सेवाले ग्राहकलाई घरमै बसेर वित्तीय कारोबार गर्न तथा रकम लेनदेन गर्न सहज उनले बताए ।

फोनपेमार्फत रकम पाउने व्यक्तिको मोबाइल नम्बर मात्रै राखेर सहजै रकम पठाउन सकिने भएकाले पनि फोनपे धेरै व्यक्तिको रोजाइमा पर्न सफल भएको कम्पनीको दाबी छ ।

फोनपेमा नेपालका अधिकांश बैंक तथा वित्तीय संस्था आबद्ध छन् । नेपालमा रहेका एक करोड ४० लाखभन्दा बढी व्यक्तिले आफ्नो मोबाइल बैंकिङको प्रयोग गरी फोनपेमार्फत अन्तर बैंक कारोबार गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१