काठमाडौं । गुगलले गुगल म्यासेजमा विगत लामो समयदेखि लगानी गरिरहेको छ । तर पनि कम्पनीले गुगल म्यासेजबाट कुनै ठूलो उपलब्धि भने हात पार्न सकेको थिएन । पछिल्लाे १० वर्षमा गरेकाे लगानीले अब भने केही प्रतिफल दिन थालेको छ ।
विषेशगरी ह्वाट्सएपको नयाँ नीतिले गुगल म्यासेल, सिंग्नलजस्ता म्यासेजिङ एपलाई धेरै नै फाइदा पुगेको छ । पछिल्लो सयमा गुगल म्यासेजिङ एप प्रयोग गर्नेको संख्यमा उल्लेख्य वृद्धि भइरहेको कम्पनीले बताउँदै आएको छ । त्यसैले पनि कम्पनीले पछिल्लो केही समययता गुगल म्यासेजिङमा उल्लेख्य परिमार्जन गरेको छ ।
केही दिनअघि मात्रै इन्ड–टु–इन्ड इन्क्रिप्सन सर्भिस सुरु गरेको कम्पनीले हालै ‘starred’ सेवा समेत ल्याएको छ । भने केही समयअघि म्यासेजलाई क्याटेगाेरी अनुसार व्यवस्थित गर्न सकिने सुविधा कम्पनीले भित्र्याएको थियो । त्यतिमात्रै नभएर अब कम्पनीले म्यासेजिङ एपमा लामो समयदेखि पर्खाइमा रहेको ‘पीन’ अप्सन पनि उपलब्ध गराउने भएको छ ।
यसको अर्थ अब प्रयोगकर्ताले आफूलाई मनपर्ने व्यक्ति अथवा नियमित म्यासेजमार्फत कुराकानी हुने व्यक्तिलाई पिन गरी सबैभन्दा माथि बस्ने गरी बनाउन सक्नेछन् । यो फिचर हाल केही प्रयोगकर्तालाई मात्रै उपलब्ध छ । भने, चाँडै नै सबै प्रयोगकर्तामाझ याे फिचर उपलब्ध हुने अपेक्षा गरिएको छ ।