close

ल्यापटपमा विण्डोज ११ अपग्रेड गर्न वेबक्याम अनिवार्य !

टेकपाना टेकपाना

असार १३, २०७८ २२:२०

ल्यापटपमा विण्डोज ११ अपग्रेड गर्न वेबक्याम अनिवार्य !

काठमाडौं । माइक्रोसफ्टले गत बिहीवार ‘नेक्स्ट जेनेरेसन’ काे रूपमा विण्डोज ११ घाेषणा गर्‍याे । यदि विण्डोज ११ अपग्रेड गर्न खोज्दै हुनुहुन्छ भने तपाईंका लागि नयाँ खबर छ ।

विण्डोज ११ अपग्रेडका लागि न्यूनतम र्‍याम र प्रोसेसरमात्र नभई, अब तपाईंले आफ्नो ल्यापटपमा क्यामेरा छ कि छैन, र कुन क्वालिटीकाे छ, भन्ने कुराकाे पनि अध्ययन गर्नुपर्ने भएकाे छ । माइक्रोसफ्टले प्रकाशित गरेको एक डुकमेन्टमा सन् २०२३ पछि विण्डोज ११ अपग्रेड गर्न ल्यापटपमा अनिवार्य क्यामेरा चाहिने उल्लेख छ ।

जो गोपनीयताप्रति सचेत छन्, तिनीहरूको लागि भने यो शुभ समाचार नहुन सक्छ । नियोविनको एक रिपोर्टअनुसार तत्कालका लागि नभई सन् २०२३ को जनवरी १ देखि कम्पनीकाे यो योजना कार्यान्वयनमा आउनेछ ।

सो डकुमेन्टअनुसार डेस्कटप पीसीबाहेक सबै डिभाइसमा वेबक्यामेरा अनिवार्य चाहिने छ । साथै माइक्रोसफ्टले कम्तिमा एचडी क्वालिटी (१२८०x७२०) को वेबक्याम चाहिने, जसले अटो ह्वाइट ब्यालेन्स र अटो एक्सपोजर सपोर्ट गर्नुपर्ने उल्लेख गरेको छ ।

माइक्राेसफ्टकाे याे निर्णयपछि ल्यापटप, ट्याब्लेट निर्माताहरुलाई उही स्तरको क्यामेरा सेटअप राख्न दबाब परेकाे छ ।

Screenshot of Windows 11 minimum system requirements
Screenshot of Windows 11 minimum system requirements

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५