close

ह्याक हुनबाट यसरी जोगाउनुहोस् आफ्नो सामाजिक सञ्जालको अकाउन्ट

टेकपाना टेकपाना

असार १४, २०७८ १०:१६

ह्याक हुनबाट यसरी जोगाउनुहोस् आफ्नो सामाजिक सञ्जालको अकाउन्ट

काठमाडौं । हालै मात्र ट्वीटरका सीईओ ज्याक डोर्सेको ट्वीटर अकाउन्ट ह्याक भयो । लगत्तै त्यसबट केही नस्लभेदी ट्वीटहरु गरिएका थिए । तपाईं पनि कुनै पनि बेला यो अवस्थामा पुग्न सक्नुहुन्छ । आज हामी तपाईंलाई आफ्नो सामाजिक सञ्जाल अकाउन्ट ह्याकरको हातबाट जोगाउन के गर्ने भन्ने विषयमा टिप्स दिँदै छौं ।

१. टु स्टेप भेरिफिकेसन

अकाउन्टको सुरक्षाका लागि तपाईंलाई सबैभन्दा पहिला टु फ्याक्टर अथेन्टिकेसनको सहयोग लिनुपर्ने हुन्छ । यसो गर्दा कुनै पनि अकाउन्टमा साइन इन गर्दाको समयमा टेक्स्ट म्यासेज, ईमेल वा फोन कल मार्फत तपाईंको पहिचान भेरिफाई गर्नुपर्ने हुन्छ ।

यदि तपाईंले यो फिचर प्रयोग गर्नु भएको छैन भने आफ्नो अकाउन्टमा टु स्टेप भेरिफिकेसन एक्टिभ गराउनुहोस् । फेसबुक, जिमेल, ट्वीटर, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालमा यस किसिमको भेरिफिकेसन सुविधा रहेको छ ।

२ः मोबाइल एप अप टुडेट राख्नुहोस्

तपाईंले आफ्नो मोबाइलमा रहेका एपहरुलाई लगातार रुपमा अपडेट गर्नुपर्ने हुन्छ । यसो गर्दा तपाईंको फोनको सुरक्षा बढ्ने गर्छ । एप डेभलपरले सधैं एपमाथि आइपर्ने नयाँ नयाँ खतरालाई अपडेटको माध्यमबाट टार्ने प्रयास गरिरहेका हुन्छन् ।

त्यसैले यस्तोमा सधैं एपको पछिल्लो भर्सन नै प्रयोग गर्नुहोस् । यसो गर्नु भनेको तपाईंले एपमार्फत ह्याकरलाई आफूसम्म पुग्ने मौका नदिनु हो ।

३. संदिग्ध गतिविधिमाथि नजर राख्नुहोस्

सुरक्षाका लागि आफ्नो अकाउन्टमा के भइरहेको छ भन्ने कुरामाथि नजर राख्नु अत्यन्तै जरुरी हुन्छ । तपाईं जति चाँडो कुनै पनि किसिमको संदिग्ध गतिविधि चाल पाउन सक्नुहुन्छ, त्यति नै छिटो तपाईंले त्यसलाई आफ्नो नियन्त्रणमा राख्ने मौका पाउनुहुन्छ ।

यस किसिमबाट तपाईं ह्याकिङ रोक्न सक्षम बन्न सक्नुहुन्छ । तपाईंले प्रयोग गर्ने जुनसुकै अकाउन्टमा तपाईंको ईमेल, मोबाइल नम्बर लगायतका व्यक्तिगत डेटा हुन्छन् । त्यसलाई ह्याकरको हातमा पुग्नबाट जोगाउनुपर्ने हुन्छ ।

कतिपय समय यस्तो भइदिन्छ कि सामाजिक सञ्जाल अकाउन्टसँग जोडिएको थर्डपार्टी एपको डेटा चोरी हुन पुग्छ । त्यसैले आफूले आधिकारिक एप प्रयोग गरिरहेको कुरा समेत सुनिश्चित गर्नुपर्ने हुन्छ ।

४. पब्लिक नेटवर्कमा सुरक्षा सावधानी अपनाउनुहोस्

यदि तपाईं कफी शप वा अन्य कुनै पब्लिक वाईफाई प्रयोग गर्नुहुन्छ भने यस्तोमा तपाईंले निकै सावधानी अपनाउनुपर्ने हुन्छ । हामी मध्ये धेरैलाई फ्री वाईफाईले एकदमै आकर्षित गरिरहेको हुन्छ ।

तर यसबाट हुनसक्ने नोक्सानीको विषयमा समेत सावधान हुन जरुरी छ । ओपन नेटवर्कको कुरा गर्दा यसलाई जो कसैले प्रयोग गर्न सक्छ । यस्तोमा खतराको स्तर बढ्ने गर्दछ ।

त्यसैले एकदमै जरुरी नभइकन कुनै पनि ओपन नेटवर्क प्रयोग नगर्नुहोस् । यदि कनेक्ट गरिहाल्नु भयो भने पनि निजी अकाउन्ट वा संवेदनशिल एप्लिकेसनहरु नचलाउनुहोस् ।

५. सामाजिक सञ्जालमा बेग्लै ईमेल आईडी राख्नुहोस्

सबैभन्दा पहिला तपाईंले बुझ्नुपर्ने कुरा के छ भने सामाजिक सञ्जालमा अथवा इन्टरनेटमा तपाईं सबै सम्भावित आक्रमणबाट सुरक्षित हुन सक्नुहुन्न । मानौं तपाईंको सामाजिक सञ्जाल अकाउन्ट ह्याक भयो भने ह्याकरले तपाईंको ईमेलमा समेत एक्सेस बनाउन सक्ने जोखिम रहन्छ ।

यदि हामीले एउटै ईमेल आईडी आफ्ना महत्वपूर्ण जानकारी तथा कारोबारका लागि प्रयोग गरिरहेका छौं भने त्यस्तोमा ह्याकरले तपाईंको बैंक डिटेल, पर्सनल ईमेल आदिमा पहुँच बनाउन सक्छ । यसरी तपाईंले विभिन्न तहमा अनलाइनमा आफ्नो सुरक्षालाई मजबुत पार्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५