close

तपाईंलाई कति चाहिन्छ इन्टरनेट स्पिड ? यसो भन्छ वर्ल्डलिङ्क

टेकपाना टेकपाना

असार १४, २०७८ १४:६

तपाईंलाई कति चाहिन्छ इन्टरनेट स्पिड ? यसो भन्छ वर्ल्डलिङ्क

काठमाडौं । अहिले इन्टरनेट सेवाप्रदायकले विभिन्न किसिमका इन्टरनेट प्याकेजहरु उपलब्ध गराइरहेका छन् । खास गरेर अप्टिकल फाइबरको इन्टरनेटमा अहिले ८ एमबीपीएसदेखि १२० एमबीपीएस गतिसम्मको इन्टरनेट स्पिड भएका प्याकेजहरु विज्ञापन गरेको देखिन्छ ।

तर वास्तवमा तपाईं हामीलाई कति स्पिडको प्याकेज भए पर्याप्त हुन्छ भन्ने कुरा चाहिँ थाहा भइरहेको हुँदैन । यस्तै किसिमको दुविधा अन्त्य गर्न नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्कले एउटा अनलाइन टुल बनाएको छ ।

जसमार्फत कम्पनीले तपाईंलाई कति स्पिडको इन्टरनेट उपयुक्त हुन्छ भन्ने सुझाव दिन्छ । कसरी थाहा पाउने ? आफूलाई उपयुक्त हुने इन्टरनेट स्पिड थाहा पाउन सुरुमा तपाईंले आफ्नो आवश्यकता र प्रयोगको मात्राको विषयमा उल्लेख गर्नुपर्ने हुन्छ ।

त्यसका लागि सुरुमा यहाँ क्लिक गर्नुहोस् र आफू कस्तो किसिमको प्रयोगकर्ता हो भन्ने खुलाउनुहोस् । त्यसमा तपाईंलाई दुई वटा विकल्प दिइएको हुन्छ, घरायसी (रेसिडेन्सियल) र इन्टरप्राइज (व्यवसायिक) ।

यदि तपाईं घरायसी प्रयोजनका लागि इन्टरनेट प्याकेज लिँदै हुनुहुन्छ भने सुरुको अप्सनको पछाडिपट्टी टिक लगाउनुहोस् र ‘Next’ मा थिच्नुहोस् । अब त्यहाँ तपाईंले सुरुमा लगातार रुपमा कति मोबाइल वा कम्प्युटरमा प्रयोग गर्नुहुन्छ, खुलाउनु पर्ने हुन्छ ।

त्यसपछि कुन कुन प्रयोजनका लागि तपाईंलाई इन्टरनेट चाहिएको हो, त्यसैअनुसार सामाजिक सञ्जाल र ईमेल, मुभी डाउनलोड, अनलाइन स्ट्रिमिङ, गेमिङ, भिडिओ कलिङको पछाडि भागमा टिक लगाउँदै जानुहोस् र पुनः ‘Next’ मा थिच्नुहोस् । यति गरिसकेपछि तपाईंलाई वर्ल्डलिङ्कले उपयुक्त इन्टरनेट प्याकेज तथा प्लान सुझाउनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५