close

प्रविधिका स्कुले प्रतिभाकाे राष्ट्रिय प्रतियोगिता २७ मंसिरमा

टेकपाना टेकपाना

मंसिर २६, २०७६ १८:५२

प्रविधिका स्कुले प्रतिभाकाे राष्ट्रिय प्रतियोगिता २७ मंसिरमा

आगामी २७ मंसिरमा कारखानाले राष्ट्रिय स्तरको स्टिम च्यालेञ्ज आयोजनामा गर्ने भएको छ । शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयसँगको सहकार्यमा भृकुटीमण्डपमा हुने प्रतियोगितामा सूचना तथा विज्ञान प्रविधि सम्बन्धि विद्यालय स्तरका बालबालिकाले तयार पारेका परिकल्पनाबीच प्रतिस्पर्धा हुने छ ।

आउने पिढीको सोँच,  क्षमता र शिपको विकास गर्ने तथा नियमित पढाइसँगै भविष्यमा आउने समस्याको सामना गर्न सक्ने बनाउन कारखानाले पछिल्ला तीन वर्षदेखि यस्तो कार्यक्रमको आयोजना गर्दै आएको छ ।

स्टिम च्यालेञ्जमा विज्ञान प्रविधि इन्जिनियरिङ आर्ट डिजाइन तथा गणीतको प्रयोग गरी आफ्नो नयाँ सोच प्रदर्शन गर्ने आयोजकले जनाएको छ । दीगो विकास लक्ष प्राप्तिको उद्देश्यमा सघाउन सक्ने विद्यार्थीले तयार पारेका उत्कृष्ट सोँचलाई पुरस्कृत गरिनेछ ।

आठ देखि चौध वर्षसम्मका छात्रछात्राहरुले भाग लिन सक्ने यो च्यालेञ्जमा प्रतियोगी विद्यार्थीहरुले कुनै एक समस्यामा आधारित रही निश्चित समय र कार्यक्रम स्थलमा आफ्नो परियोजनाको खाका तयार गर्नुपर्ने हुन्छ । कारखाना र इन्ग्रैल्सको सहकार्यमा हुन लागेको राष्ट्र-स्तरिय कार्यक्रममा शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयको सहयोग रहेको छ ।

६ प्रदेशहरुमा यस अघि नै सम्पन्न भईसकेको च्यालेञ्ज राजधानी प्रदेशमा भने राष्ट्रिय रुपमा हुन लागेको हो । कार्यक्रममा नेपालभरबाट ४८० भन्दा बढी प्रतिभा सहभागी हुने आयोजकले जनाएको छ ।

१५ जना मूल्याङ्कनकर्ता समेत सहभागी हुने च्यालेन्जमा प्रथम,  दोश्रो स्थानका लागि प्रतियोगीहरुको छनौट भने हुनेछैन । तर उत्कृष्ट परियोजनालाई विभिन्न वर्गहरुमा सम्मान गरिने कारखानाका प्रमुख कार्यकारी अधिकृत पवित्र गौतम ले बताए ।

विभिन्न शैक्षिक स्टलहरु, शिक्षकहरुका लागि विभिन्न वोर्कशप समेत रहने कार्यक्रम विहान ११ बजेदेखि सुरु हुनेछ । कार्यक्रममा विद्यार्थीले निर्माण गरेका परियोजनाहरु सर्वसाधारणले निःशुल्करुपमा अवलोकन गर्न सक्नेछन् ।

कार्यक्रममा युनस्को, टेक फर नेपाल, वाइल्ड लाइफ कन्जरभेसन नेपाल, किंग्स कलेज, प्याब्सन, स्तान, एनप्याब्सन, ई-सेवा, मिदास तथा कुलल्याब, वर्ल्डलिङ्क, रान, एसक्यूसी क्वेस्ट नेपाल, नेपाल कम्युनिटेरी लगायतका संस्थाको समेत साथ रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३