काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले फेक सामाजिक सञ्जाल ह्याण्डलदेखि सावधान रहन आग्रह गरेको छ । सिद्धार्थ बैंकको नाम र लोगो दुरुपयोग गरी सामाजिक सञ्जालमा फेक पेज तथा प्रोफाइल बनाइएको भन्दै त्यसबाट होसियारी अपनाउन भनेको हो ।
पछिल्लो समय नेपाल राष्ट्र बैंक लगायतका विभिन्न बैंक, कम्पनी, सरकारी निकाय आदिको नाममा फेसबुकमा फेक पेज बनाएर बुस्ट गर्ने र प्रयोगकर्ताको निजी जानकारी फिशिङमार्फत कब्जामा लिने प्रवृत्ति बढेको छ । बल्छीमा चारो राखेर माछालाई झुक्याए जस्तै सामाजिक सञ्जालमा ‘फिशरहरूले’ प्रयोगकर्तालाई विभिन्न लोभ तथा प्रलोभनमा पारेर झुक्याउने गरेका छन् ।
यसरी झुक्याएर छुट्टै लिङ्कमा पुर्याउने र मोबाइल नम्बर, युजरनेम, पासवर्ड लगायतका जानकारी राख्न लगाई अकाउन्ट नै आफ्नो नियन्त्रणमा लिने गर्दछन् । त्यसैले बैंकले आधिकारिक पेज तथा प्रोफाइल मात्र फलो गर्न समेत आग्रह गरेको छ ।