close

उपचार खर्चका लागि डेढ लाखसम्मको क्रेडिट सुविधा

टेकपाना टेकपाना

असार २०, २०७८ १४:२५

उपचार खर्चका लागि डेढ लाखसम्मको क्रेडिट सुविधा

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले ‘मेगा मेडि कार्ड’ नामक नयाँ सुविधा ल्याएको छ । आफ्ना ग्राहकलाई अस्पतालमा उपचार गर्नका लागि आवश्यक रकम उपलब्ध गराउने उद्देश्यले बैंकले यो सुविधा ल्याएको हो ।

ग्राहकहरू बिरामी हुँदा तत्कालै रकम जुटाउन अफ्ट्यारोमा पर्नसक्ने अवस्थालाई मध्यनजर गर्दै ल्याइएको यो सुविधामार्फत मेगा बैंक नेपाल लिमिटेडका क्रेडिट कार्ड सुविधा उपभोग गरिरहेका ग्राहकले न्यूनतम् २० हजार देखि १ लाख ५० हजार रुपैंयासम्म क्रेडिट कार्ड (इन्स्टा–बाई) सुविधा १८ महिनासम्मको लागि उपभोग गर्न पाइने बैंकले जनाएको छ ।

बैंकले ग्राहकले आवश्यक कागजपत्र पेश गरेको २ दिनमा नै ग्राहकलाई यस सुविधा उपलब्ध गराउने व्यवस्था मिलाएको जनाएको छ ।

यो सुविधाका लागि प्रक्रियागत शुल्क निःशुल्क गरिएको छ भने क्रेडिट कार्डबापत लाग्ने शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । यसका साथै, बैंकले बैंकबाट क्रेडिट कार्ड सुविधा प्रयोग गरिरहेका ग्राहकले हेल्थ प्याकेज लिन चाहमा त्यसको भुक्तानी गर्ने सुविधासमेत ल्याएको छ ।

अस्पतालको बिल भुक्तानीका लागि बिरामीको परिवारलाई समेत नाता प्रमाणित प्रमाणपत्रका आधारमा रकम उपलब्ध गराइने भएकाले यो सुविधा निकै सहज र प्रभावकारी हुने मेगा बैंकले जनाएको छ ।

यसअन्तर्गत अस्पतालको बिल सोझै बैंकसमक्ष पेश गरी क्रेडिट कार्डमार्फत अस्पताललाई भुक्तानी गर्न सकिनेछ भने ग्राहकले आफूले भुक्तानी गरिसकेको बिलको शोधभर्ना लिन सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३