close

म्याद सकिएको विदेशी एटीएम कार्डबाट निकालियो ३५ लाखभन्दा बढी रकम

टेकपाना टेकपाना

असार २१, २०७८ १७:१६

म्याद सकिएको विदेशी एटीएम कार्डबाट निकालियो ३५ लाखभन्दा बढी रकम

काठमाडौं । म्याद सकिएको विदेशी एटीएम कार्ड प्रयोग गरी झण्डै साढे ३५ लाख रुपैयाँ निकालेको पाइएको छ । काठमाडाैंमा सिद्धार्थ बैंकका फरक फरक एटीएम बुथबाट म्याद सकिएकाे कार्डबाट ३४ लाख ३५ हजार रूपैयाँ निकालेकाे भन्दै प्रहरीले दुई जनालाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा सोलुखुम्बु घर भई काठमाडौंको भत्केको पुलमा बस्ने ५७ वर्षीय जगतबहादुर गुरुङ र पर्सा घर भई भत्केको पुल बस्ने ३० वर्षीया सावित्री गुरुङ रहेका छन् । उनीहरूले झिकेकाे रकममध्ये प्रहरीले २१ लाख बरामद गरेकाे छ । साथै उनीहरूकाे साथबाट लोइड भिषा डेबिट कार्ड (लण्डनको एटीएम कार्ड) समेत बरामद गरिएकाे छ ।

प्रहरीका अनुसार उनीहरुले एक्सपायर भएको एटीएम कार्डबाट सुरुमा असार १३ गते पहिलो पटक पैसा झिकेका थिए । असार १९ गतेसम्म विभिन्न एटीएम बुथबाट पैसा निकालेकाे उनीहरूले स्वीकार गरेका छन् ।

कार्डकाे म्याद सकिनुका साथै खातामा रकमसमेत नभएकाे अवस्थामा पनि पैसा निक्लेपछि उनीहरूले चाबहिल, कालोपुल, हात्तिसार भाटभटेनी लगायतका बुथबाट ३४ लाख ३५ हजार रकम निकालेका थिए ।

काठमाडौंका वरिष्ठ प्रहरी उपरिक्षक अशोक सिंहका अनुसार प्रारम्भिक अनुसन्धानमा भुक्तानी सेवा दिने बैंक र प्रणाली सञ्चालन गर्ने नेप्सको कमजोरीका कारण रकम निकालेकाे पाइएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३