close

हिमालय एयरलाइन्सको टिकट कम्पनीकै वेबसाइटबाट खरिद गर्न सकिने

टेकपाना टेकपाना

असार २३, २०७८ १७:१६

हिमालय एयरलाइन्सको टिकट कम्पनीकै वेबसाइटबाट खरिद गर्न सकिने

काठमाण्डौं । अब हिमालय एयरलाइन्सकाे वेबसाइटबाटै टिकट बुकिङ गर्न सकिने भएकाे छ । ग्राहकले कम्प्युटर वा माेबाइलबाट आफ्नो सुविधाअनुसार वेबसाइटबाट टिकट बुकिङ र यससँग सम्बन्धित सेवा प्रयाेग गर्न पाउने भएका हुन् ।

यसअन्तर्गत कनेक्ट आईपीएस प्रयोगकर्ताले वेबसाइटबाट टिकट खरिद गर्न, रद्द गर्न, उडान र भाडाबारे जानकारी लिन, टिकट फिर्ता, ग्राहक सेवा, निःशुल्क टिकट एक्सचेन्ज, ई–टिकट र टिकटमा वास्तविक नाम प्रमाणीकरणको सुविधा लिन सक्नेछन् ।

एयरलाइन्सले चाँडै नै ब्यागेजको पूर्व बुकिङ, सिट, खाना चयन, बन्डल भाडा, एसएमएस सूचना, भिसा वा मास्टर कार्डबाट भुक्तानी र वेब चेकइन जस्ता सुविधा पनि सुरू गर्ने लागेकाे जानकारी दिएकाे छ ।

नयाँ वेबसाइट सुरुवातको बारेमा टिप्पणी गर्दै कम्पनीका अध्यक्ष जोउ इन्योङ्ले अनलाइन टिकटले ग्राहकलाई सरल, छिटो–छरितो र अधिक सुविधा प्रदान गर्ने बताए ।

त्यस्तै उपाध्यक्ष विजय श्रेष्ठले यो कम्पनीका लागि महत्त्वपूर्ण उपलब्धि भएको बताउँदै ग्राहकसँग नजिकको सम्बन्ध कायम राख्न कम्पनी तत्पर रहेको बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३