काठमाडौं । यदि तपाईंको एन्ड्रोइडमा स्टोरेजको समस्या छ भने क्यास क्लिनले तपाईंलाई सहयोग गर्न सक्छ । यसले कहिलेकाहिँ तपाईंको मोबाइलको स्पिडलाई बढाउनका लागि पनि मद्दत गर्दछ ।
तपाईंले मोबाइलमा विभिन्न एप अथवा मोबाइलको अपरेटिङ सिस्टम इन्स्टल गर्दा स्वत: डाउनलोड हुने टेम्पोररी फाइलहरू तपाईंको डिभाइसमा सेभ भएको फाइल नै क्यास हो । एन्ड्रोइड फोनमा विशेषगरी दुईवटा क्यासहरू हुन्छन्; क्रोम क्यास र एप क्यास ।
क्यास फाइलहरूले केही सीमित एपहरू चलाउँदा राम्रो अनुभव दिए पनि योसँगै आउने जंक फाइलहरूबाट भने तपाईं पक्कै पनि टाढा रहन चाहनुहुन्छ ।
कहिलेकाहिँ क्रोमले तपाईंले चलाउँदै नचलाउनु भएको साइटबाट फाइलहरू तपाईंको डिभाइसमा सेभ गरिदिनसक्छ । त्यस्तै कहिलेकाहिँ तपाईंले चलाउन छोड्नु भएको एपमा भएका फाइलहरू पनि तपाईंको डिभाइसमा सेभ भएका बसेका हुन्छन् । यस्ता काम नलाग्ने र तपाईंलाई थाहा पनि नभएका फाइलले डिभाइसको स्पेस भरिरहेको हुन्छ । यसर्थ यस्ता फाइलहरू हटाउन आवश्यक छ ।
एप क्यास कसरी हटाउने ?
फोनको सेटिङमा जाने, सेटिङको स्टोरेजमा क्लिक गर्ने, Other एपमा क्लिक गर्ने, जहाँ तपाईंले प्रयोग गर्नुभएको एपहरूको सूची उनीहरूले प्रयोग गरेको स्पेस सहितको विवरण आउँछ । त्यसपछि तपाईंले चाहनुभएको एपमा क्लिक गर्नुहोस् । त्यहाँ रहेको क्लियर क्यास भन्ने अप्सनमा क्लिक गर्नुहोस् ।
(नोट: तपाईंले क्लियर डेटामा क्लिक गरेर पनि क्यास हटाउन सक्नुहुन्छ तर यसो गर्दा तपाईंको लगइन युजरनेम र पासवर्ड जस्तो आवश्यक डेटा पनि डिलिट हुनसक्ने हुँदा क्लियर डेटा नगर्दा नै राम्रो हुन्छ ।)
क्रोम क्यास कसरी हटाउने ?
क्रोम खोलेर स्क्रिनको दाहिने पट्टि माथिल्लो भागमा रहेको तीन वटा थोप्लामा क्लिक गर्ने, त्यसपछि हिस्ट्री “history” मा क्लिक गर्ने, हिस्ट्री मेन्युको माथिल्लो पट्टि भएको क्लियर ब्राउजिङ डेटा “clear browsing data” मा क्लिक गर्नुहाेस् ।
त्यसपछि तपाईंले आफ्नो इच्छाअनुसारको समयको क्यास फाइल हटाउन सक्नुहुन्छ । यदि तपाईं सबै क्यास फाइल क्लियर गर्न चाहनुहुन्छ भने चाहिँ अल टाइम “all time” मा क्लिक गरेर सबै क्यास फाइल एकै पटक हटाउन सक्नुहुन्छ ।