close

एभरेस्ट बैंकको अलर्टः आफ्नो पासवर्ड-ओटीपी अरु कसैलाई नदिनू

टेकपाना टेकपाना

असार २७, २०७८ १८:५४

एभरेस्ट बैंकको अलर्टः आफ्नो पासवर्ड-ओटीपी अरु कसैलाई नदिनू

काठमाडौं । एभरेस्ट बैंकले आफ्ना ग्राहकलाई आफ्नो बैंकिङ विवरण अन्य कसैलाई पनि नदिन सचेत गराएको छ । पछिल्लो समय बैंकिङ ठगीका घटना बढेसँगै बैंकले यस्तो अलर्ट (चेतावनी) दिएको हो ।

बैंकले जारी गरेको अलर्टमा आफ्नो पासवर्ड, ओटीपी कोड, डेबिट तथा क्रेडिट कार्ड नम्बर, पिन नम्बर, सीभीभी लगायतका अन्य कुनै पनि बैंकिङ विवरण अरुसँग कहिल्यै शेयर गर्न नहुने भनिएको  । ‘तपाईं र तपाईंको बैंक खाताको सुरक्षाका लागि यस किसिमको सावधानी अत्यन्तै जरुरी छ,’ बैंकले सचेत गराउँदै भनेको छ ।

साथै बैंकले चिठ्ठा तथा उपहार परेको प्रलोभनमा त्यसको नाममा भन्सार एवम् कर तिर्नुपर्ने भन्दै रकम जम्मा गर्न लगाएर ठगी गर्ने क्रमसमेत बढेको उल्लेख गरेको छ । त्यस किसिमका भ्रम तथा प्रलोभनमा समेत नपर्न बैंकले आग्रह गरेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३