close

के तपाईंको फोन वाटरप्रुफ छ ? यसरी जाँच्नुहोस्

टेकपाना टेकपाना

असार २७, २०७८ २२:२१

के तपाईंको फोन वाटरप्रुफ छ ? यसरी जाँच्नुहोस्

काठमाडाैं । एन्ड्रोइडका विभिन्न एपमध्ये एउटा एप हो, ‘वाटर रेसिस्टेन्स टेस्टर’ अर्थात् पानीबाट तपाईंको फोन कतिको सुरक्षित छ वा छैन भनेर पत्ता लगाउने एप । गुगल प्ले स्टोरमा भएको यो यस्तो एप हो, जसको प्रयोगको बारेमा हामीलाई सामान्य रुपमा थाहा नहुन पनि सक्छ ।

यो एपले एन्ड्रोइड फोनको ब्यारोमिटर निश्चित वातावरणमा हावाको चाप मापन गर्ने यन्त्रको प्रयोग गरेर फोनको आईपी रेटिङ पत्ता लगाउन सकिन्छ ।

यो एपका डेभलपर रे वाङका अनुसार मानिसहरूले आफ्नो फोन एकपटक मर्मत गरिसकेपछि अथवा फोन चलाएको लामो समय भइसकेपछि पनि यसको वाटरप्रुफ सिलिङको अवस्था कस्तो छ भनेर थाहा पाउनको लागि यो एप विकास गरिएको हो ।

यो एन्ड्राेइड एप डाउनलोड गरेर यसमा दिइएका निर्देशनहरू पालना गरेर आफ्नो फोन पानीबाट कतिको सुरक्षित छ वा छैन भनेर हेर्न सकिन्छ ।

Screenshots of the Water Resistance Tester app

यदि तपाईंको फोन वाटरप्रुफ छ भने यसले तपाईंको फोनलाई ‘पास’ भनेर ग्रेडिङ गर्छ भने तपाईंको फोन वाटरप्रुफ छैन अथवा तपाईंको फोन डिग्रेड भइसक्यो भने एपले तपाईंको फोनलाई ‘फेल’ भनेर ग्रेडिङ गर्छ ।

तर तपाईंको फोन पास हुनुको अर्थ भने फेरि फोनलाई लगेर पानीमा मज्जाले डुबाउन सकिन्छ भन्ने चाहिँ पक्कै होइन । यो एप वाटरपुर्फ टेस्ट गर्नको लागि बनाइएको पहिलो एप भने होइन ।

गुगल प्ले स्टोरमा यस्ता धेरै एपहरू भेटिन्छन्, जसमध्ये केही सबैखाले फोनको लागि प्रयोग हुन्छ भने केही चाहिँ सीमित फोनको लागि प्रयोग हुन्छन्।  तीमध्ये केही एपहरू अहिले आएर चल्न छोडेको पनि छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३