close

विश्वभर अमेजनका अनलाइन स्टोर डाउन

टेकपाना टेकपाना

असार २८, २०७८ ११:५७

विश्वभर अमेजनका अनलाइन स्टोर डाउन

काठमाडौं । ईकमर्स जायन्ट अमेजनका विभिन्न देशमा रहेका अनलाइन स्टोर डाउन भएको छ । आइतबार राति कम्पनीका विभिन्न देशमा सञ्चालित रिजनल डाेमेनमा ‘एरर’ म्यासेज देखिएकाे थियाे ।

यसअन्तर्गत संयुक्त राज्य अमेरिका, भारत, क्यानडा, बेलायन, फ्रान्स लगायतका अनलाइन स्टोरहरूमा समस्या देखिएको आउनेज मनिटरिङ वेबसाइट डाउनडिटेक्टरले जनाएकाे छ । ती देशमा रहेका अमेजनका ग्राहकहरुले अनलाइन खरिद प्रक्रियामा समस्या भोगेका थिए ।

डाउनडिटेक्टरका अनुसार करिब २ घण्टासम्म अनलाइन स्टाेरका वेबसाइटमा समस्या देखिएकाे थियाे । याे बीचमा प्रयाेगकर्ताले ३८ हजारभन्दा बढी रिपाेर्ट पठाएका थिए ।

यसैबीच कम्पनीले हालै अनलाइन स्टाेरकाे सेवा पुनः सामान्य अवस्थामा फर्किएकाे जानकारी दिएकाे छ । ‘केही ग्राहकले किनमेल गर्दा अस्थायी रूपमा समस्या भोगे । हामीले यो समस्या सुल्झाइसकेका छौं र अहिले सबै कुरा सहज रूपमा चलिरहेको छ,’ अमेजनका प्रवक्ताले भनेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३