काठमाडौं । विश्वव्यापी रुपमा मोबाइल बिक्रीको हिसाबमा पहिलो पटक साओमीले एप्पललाई पछि पारेको छ । सन् २०२१ को दोस्रो चौमासिकमा मोबाइल सिपमेन्टका आधारमा एप्पलको तुलनामा साओमी अघि देखिएको हो ।
मोबाइल तथा विभिन्न प्रविधिको बजार अध्ययन गर्ने संस्था क्यानालाइजले सार्वजनिक गरेको प्रतिवेदन अनुसार साओमी १७ प्रतिशत बजारका साथ दोस्रो स्थानमा उक्लिएको हो ।
प्रतिवेदन अनुसार सन् २०२१ को दोस्रो त्रैमासिकमा एप्पलको बजार हिस्सा १४ प्रतिशतमात्रै रहेको छ । भने, पहिलो नम्बरमा रहेको सामसङको बजार हिस्सा १९ प्रतिशत रहेको छ । यो हिसाबले हेर्ने हो भने साओमीले सामसङलाई पनि ठुलो चुनौती प्रस्तुत गरेको छ ।
We've moved up one more spot! Just in from @Canalys, we are now the 2nd largest smartphone brand worldwide in terms of shipments. This amazing milestone couldn't have been achieved without our beloved Mi Fans! #NoMiWithoutYou
उक्त प्रतिवेदन अनुसार बजारको हिस्साका आधारमा बीबीके मार्केटेड ब्राण्ड ओप्पो, भिभो उत्कृट पाँचभित्र पर्न सफल भएका छन् । त्यसमध्ये साओमीको बजार विस्तार सबैभन्दा उत्कृष्ट देखिएको छ । हुन त सबै ब्राण्डको बजार अघिल्लो वर्षको तुलनामा बढी नै रहेको छ ।
तर, साओमीले अघिल्लो वर्षको तुलनामा ८३ प्रतिशतभन्दा बढी मोबाइल सिपमेन्ट गरेको जनाइएको छ । जसमा सामसङको मात्रै १५ प्रतिशतले वृद्धि भएको छ । भने, एप्पलको जम्मा १ प्रतिशतले वृद्धि भएको छ ।
यसरी साओमीले एप्पललाई पछार्दै दोस्रो स्थान हासिल गर्न सफल हुनुको कारण युरोप, अफ्रिका, ल्याटिन अमेरिकामा कम्पनीको बजार विस्तार हो । साथै कम्पनी मोबाइलको मूल्य पनि अन्य कम्पनीको तुलनामा केही हदसम्म सस्तो हुने पनि यसको प्रमुख पक्ष रहेको जनाइएको छ ।