close

गुगलका सीईओ पिचाईसँग कति छ सम्पत्ति ?

टेकपाना टेकपाना

साउन १०, २०७८ १०:५८

गुगलका सीईओ पिचाईसँग कति छ सम्पत्ति ?

काठमाडौं । गुगलको प्यारेन्ट कम्पनी अल्फाबेटका सीईओ सुन्दर पिचाई सानैदेखि प्रविधिमा रुचि राख्ने व्यक्ति हुन् । भारतमा जन्मिएका पिचाईको त्यही रुचिले आज उनलाई विश्व प्रविधिको दिग्गज कम्पनी गुगलका सीईओको रुपमा छन् । त्यतिमात्रै नभएर उनले त्यसैबाट अर्बौं अमेरिकी डलर कमाएका छन भने विश्वकाे अर्बपति सूचीमा परेका छन् ।

अर्बपति भएतापनि उनको कुन सम्पत्ति कति छ भन्ने विषयमा हामी धेरैलाई जनाकारी नहुन सक्छ । तर, भर्खरैमात्र सार्वजनिक भएको सेलिब्रेटी नेट ओर्थका अनुसार पिचाईको कुल सम्पत्ति ६० करोड अमेरिकी डलर अर्थात ७१ अर्ब ४२ करोडभन्दा बढी रहेको छ ।

उनले यो सम्पत्ति प्रविधिको क्षेत्रमा लामो समयसम्म काम गरेर आर्जन गरेका हुन् । गुगलमा मात्रै उनले विभिन्न परियोजनामा मुख्य भूमिकामा रहेर काम गरेका थिए, जसमार्फत उनले वार्षिक एक अर्ब अमेरिकी डलर आम्दानी गरेका थिए ।

उनको बेस स्यालरी दुई मिलियन डलर भएतापनि बोनस र कम्पनीको शेयरले उनको आम्दानीको मुख्य भाग ओगटेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५