close

अनलाइन प्राविधिक मेला ‘डेल्टा २.०’ सम्पन्न

टेकपाना टेकपाना

साउन ११, २०७८ १०:२०

अनलाइन प्राविधिक मेला ‘डेल्टा २.०’ सम्पन्न

काठमाडाैं । नेपालकै पहिलो प्राविधिक मेलाको रूपमा आयोजित डेल्टा २.० सम्पन्न भएको छ । डेल्टा आईओई पूर्वाञ्चल क्याम्पसद्वारा आयोजित यो मेला ४ दिनसम्म सञ्चालन भएको थियो ।

मेलामा म्याटल्याब डिजाइन कम्पिटिशन, थ्रीडी मोडेलिङ कम्पिटिशन, कोडाथन, अनलाइन प्रिजेन्टेशन कम्पिटिशन, फोटोग्राफी कम्पिटिशन, स्पिच कम्पिटिशन आयोजना भएको कार्यक्रमका सहसंयोजक सुदिप भाइ सुवेदी बताए ।

थ्रीडी मोडेलिङका विजेताले ५० हजार, स्पिच कम्पिटिशनका विजेताले २० हजार, फोटोग्राफीका विजेताले १५ हजार र अन्य विधाका बिजेताहरुले ३०/३० हजार पाउने उनले बताए ।

सातै प्रदेशबाट उक्त कार्यक्रमका विभिन्न प्रतियोगितामा पाँच सयभन्दा बढी विद्यार्थीले सहभागिता जनाएका थिए । र, कार्यक्रम फेसबुक, इन्स्टाग्राम, युट्युव र वेबसाइटमार्फत् १० लाख दर्शकमाझ आयोजकले जानकारी दियो ।

कार्यक्रमको उदघाटन समरोहमा नेपाल विद्युत प्राधिकरण पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ, पूर्वाधार विज्ञ सुर्यराज आचार्य, नासाका वैज्ञानिक सुरेन्द्र अधिकारी, मिसन नेपाल अर्थ २०१९ रिया बस्नेत लगायतको उपस्थिति थियो ।

त्यस्तै समापन कार्यक्रममा त्रिवि इन्जिनियरिङ संस्थानका डीन शशिधर राम जोशी, पूर्वाञ्चल क्याम्पसका प्रमुख ओमप्रकाश ढकाल, प्रदेश २ का भूमि सुधारमन्त्री शैलेन्द्र साह, नेपालका कम्प्युटर वैज्ञानिक एवं आईसीटी विज्ञ मुनिबहादुर शाक्य, नासोका प्रमुख सुरेश भट्टराई, रोबोटिक अशोसिएसन अफ नेपालका अध्यक्ष विकाश गुरुङ र नेपालकै प्रथम महिला एरोस्पेस इन्जिनयर सुनिरा रेग्मी र विभिन्न मिडियाकर्मी र प्रायोजकहरुको उपस्थिति थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१