close

नक्कली एप प्रयोग गरे ह्वाट्सएप अकाउन्ट नै डिलिट हुने

टेकपाना टेकपाना

साउन १२, २०७८ १७:८

नक्कली एप प्रयोग गरे ह्वाट्सएप अकाउन्ट नै डिलिट हुने

काठमाडौं । ह्वाट्सएपमा हाल साढे २ अर्ब मासिक प्रयोगकर्ता रहेका छन् । यो तथ्याङ्कले दर्शाउँछ कि यो एप म्यासेजिङ एपको दुनियाँमा सबैभन्दा बढी प्रयोग हुने एप हो ।

पछिल्लो समय गुगल प्ले स्टोर तथा वेबमा ह्वाट्सएपको मोडिफाइड भसर्न उपलब्ध हुन थालेको छ । जसमा हाल ह्वाट्सएपले उपलब्ध गराएका फिचरभन्दा पनि बढी फिचर दिइएकाे छ ।

यसैबीच ‘ह्वाट्सएप प्लस’, ‘जीबी ह्वाट्सएप’ जस्ता मोडिफाइड एप प्रयोग गरिएको खण्डमा कम्पनीले प्रयोगकर्ताको अकाउण्ट नै डिलिट गर्ने भएकाे छ ।

यस्ता माेडिफाइड एपमा अटो रिप्लाइ, धेरै नम्बरमा एकैपटक फोटाे तथा भिडिओ पठाउन सकिने जस्ता फिचर छन्, जुन सक्कली एपमा छैन । प्रयाेगकर्ताले यस्ता एपमा चासाे देखाएपछि ह्वाट्सएपले बारम्बार चेतावनी दिँदै आएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१