close

आईफोनमा यसरी ब्लक गर्नुहोस् स्पाम कल र म्यासेज

टेकपाना टेकपाना

साउन १५, २०७८ १७:१५

आईफोनमा यसरी ब्लक गर्नुहोस् स्पाम कल र म्यासेज

काठमाडौं । पछिल्लो समय स्मार्टफाेन प्रयोगकर्तालाई स्पाम म्यासेज र कल अत्याधिक मात्रामा आउने गरेको छ । यसबाट प्रयोगकर्तालाई विभिन्न प्रलोभनमा पारी ठग्ने तथा उनीहरूको डेटा संकलन गर्ने गतिविधि भइरहेकाे छ ।

यस्तोमा त्यस्ता स्पाम म्यासेज तथा कलबाट कसरी सुरक्षित रहने भन्ने विषय सबैका लागि महत्वपूर्ण छ । त्यसैले यहाँ हामी तपाईंलाई आईफोनमा त्यस्ता स्पाम कल तथा सम्भावित स्पाम कल तथा म्यासेजबाट कसरी सुरक्षित रहने भन्ने विषयमा जानकारी दिँदैछौं ।

सम्भावित स्पाम कलबाट कसरी सुरक्षित रहने ?

त्यसका लागि सुरुमा फोनको ‘सेटिङ’ मा जानुहोस् । अब त्यहाँ ‘फोनमा’ क्लिक गर्नुहोस् र ‘साइलेन्स अन-नन कलर’ लाई अन गर्नुहोस् । यसले तपाईंको मोबाइलमा ‘सेभ’ नभएको नम्बरबाट आउने कललाई ‘साइलेन्स’ मोडमा लैजाने छ ।

त्यस्ता कलको जानकारी आवश्यक परेको खण्डमा तपाईंले भ्वाइस मेल सेक्सनमा गएर लिन सक्नुहुनेछ ।


स्पाम म्यासेजबाट कसरी सुरक्षित रहने ?

त्यसका लागि सुरुमा फोनको ‘सेटिङ’ मा जानुहोस् । अब त्यहाँ ‘म्यासेज’ मा क्लिक गर्नुहोस् र अघि जस्तै ‘फिल्टर अन-नन सेन्डर’ लाई अन गर्नुहोस् । यसले तपाईंको मोबाइलमा सेभ नभएको नम्बरबाट आउने म्यासेजबाट बचाउने छ ।

त्यस्ता म्यासेज यदि तपाईंले हेर्न चाहनुभएको खण्डमा म्यासेजमा ‘अन-नन सेन्डर’ भन्ने ट्याबमा उपलब्ध हुनेछन् । जसमार्फत तपाईंले आवश्यक म्यासेज रिस्टोरसमेत गर्न सकिने जनाइएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१