close

बजारमा अहिलेसम्मकै उत्कृष्ट क्यामेरा भएको स्मार्टफाेन ‘ह्वावे पी ५० प्रो’

टेकपाना टेकपाना

साउन १७, २०७८ १९:२९

बजारमा अहिलेसम्मकै उत्कृष्ट क्यामेरा भएको स्मार्टफाेन ‘ह्वावे पी ५० प्रो’

काठमाडौं । गत बिहीवार ह्वावेले आफ्नो नयाँ पुस्ताको ‘पी’ सिरिज फ्ल्यागशिप सार्वजनिक गरेको छ, जसअन्तर्गत दुईवटा फोन छन्; ‘ह्वावे पी ५०’ र ‘ह्वावे पी ५० प्रो’ ।

सधै झैँ यो पटक पनि कम्पनीले अन्य फिचरहरूसँगै क्यामेरामा विशेष ध्यान दिएको छ । राम्रो फोटोका लागि यो फोन चर्चामा पनि आएको छ र त्यसको केन्द्र हो, ‘पी ५० प्रो’ ।

मोबाइल फोटोग्राफीको दौडमा अन्य स्मार्टफोनलाई यो पटक फेरि ह्वावेले उछिनेको छ । यो फोन सार्वजनिक हुने बित्तिकै स्मार्टफोनको क्यामेरा मूल्याङ्कन गर्ने वेबसाइट डीएक्सओ मार्कले बजारमा आएका स्मार्टफोनहरूको क्यामेरा लेन्सको मूल्याङ्कन गरेको थियो ।

डीएक्सओको उत्कृष्ट क्यामेरा फोनको लाइनमा ‘ह्वावे पी ५०’ प्रो  सबैभन्दा अगाडि आएको हो । यो फोनको रियर क्यामेराले औषतमा १४४ अङ्क पाएको छ जुन पूर्व उत्कृष्ट फोनहरू साओमी र मी ११ भन्दा एक अङ्कले बढी हो ।

त्यस्तै यसको वाइड एङ्गल सेन्सर र जुम इन शट हरू पनि उत्कृष्ट रहेको डीएक्सओले जनाएको छ । यसको सेल्फी क्यामेरा पनि वाइड डाइनामिक रेन्ज, स्टेबलाइजेसन, लाइट कम्बिनेसन जस्ता फिचरहरूका कारण उत्कृष्ट घोषित भएको छ ।

यद्यपि फोनमा क्यामेरा केही कमजोरीहरू पनि रहेका छन् जुन भिडियो फिल्मिङसँग सम्बन्धित छ । भिडियो खिच्दा बेलाबेला अटोफोकसले काम नगर्ने, एक्सपोजरले काम नगर्ने, लाइट नमिल्ने जस्ता सामान्य समस्याहरू भने रहेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१