close

फेसबुक चलाउँदा यसरी जोगाउनुहोस् आफ्नो मोबाइल डेटा

टेकपाना टेकपाना

साउन १७, २०७८ २१:४४

फेसबुक चलाउँदा यसरी जोगाउनुहोस् आफ्नो मोबाइल डेटा

काठमाडौं । सामाजिक सञ्जालमा सक्रिय रहने हरेक प्रयोगकर्ताले महसुस गरेकै हुनुपर्छ, फेसबुक खोल्ने वित्तिकै भिडिओहरु आफै प्ले हुन थाल्छन् । यस्ता भिडिओ कुनै कुनै त रोचक नै लाग्छन् ।

कुनै भने वाक्क लाग्ने किसिमका पनि हुन्छन् । फेरि फिक्स्ड लाइन ब्रोडब्याण्ड तथा वाईफाईको कनेक्सनमा हुनुहुन्छ भने एउटा कुरा, नत्र मोबाइल डेटाबाट इन्टरनेट चलाउनुहुन्छ भने त यस्ता अटो प्ले हुने भिडिओले डेटाको सत्यानाश नै गरिरहेका हुन्छन् ।

फेसबुकमा भिडिओलाई यसरी अटो प्ले हुनबाट सजिलै रोक्न सकिन्छ । आज हामी तपाईंलाई त्यसको तरिका बताउँदै छौं । फेसबुक वेब एप आफ्नो फेसबुकको माथि दायाँ कुनामा रहेको तलतर्फ फर्किएको एरोमा जानुहोस् ।

अब त्यसमा रहेको Setting and Privacy लाई छनौट गर्नुहोस् स्क्रोल गर्नुहोस् र अन्तिममा रहेको Videos लेखिएको स्थानमा क्लिक गर्नुहोस् । अब त्यसमा तपाईंले अटोप्लेइङ भिडिओको अप्सन देख्नुहुनेछ । त्यहाँबाट यसलाई बन्द गर्नुहोस् ।

फेसबुकको मोबाइल एपमा आफ्नो फेसबुकको दायाँतर्फ तीन वटा धर्षा भएको मेनुमा जानुहोस् । अब त्यसमा तल रहेको Setting and Privacy लाई छनौट गर्नुहोस् । त्यसमा दिइएको डेटा सेभरमा जानुहोस् अब त्यसमा रहेको डेटा सेभर बटनलाई अन गरिदिनुहोस् ।

यसले भिडिओको अटो प्ले बन्द गरिदिनुका साथै डेटा खपत कम गर्न तस्वीरको आकारलाई समेत घटाइदिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१