काठमाडौं । गुगलले आफ्ना नयाँ फिचरको प्रचार गर्न टिकटकको सहारा लिएको छ । विभिन्न टिकटक भिडिओ मार्फत गुगलले आफ्ना नयाँ फिचरहरूको प्रचार गर्न थालेको हो ।
गत हप्तादेखि गुगलले सुरु गरेको टिकटक भिडिओ विज्ञापनमा गुगल लेन्सको व्यापक प्रचार गरिएको छ । गुगलले सार्वजनिक गरेका पाँच ओटा टिकटक भिडिओमा गुगलका नयाँ फिचरहरूको बारेमा चर्चा गरिएको छ ।
यी भिडिओमा गुगलका नयाँ फिचरहरूको बारेमा जानकारी दिइएको छ । गुगलका पछिल्ला नयाँ फिचरहरूको जानकारी सहित टिकटक भिडियो बनाइएको छ । अन्य नयाँ फिचरको तुलनामा गुगल लेन्सलाई प्राथमिकतामा राखेर भिडिओ बनाइएको हो ।
भिडिओमा गुगल लेन्स के हो, यसमा कस्ता फिचर छन्, यसको सदुपयोग कसरी गर्ने, यसले केके काम गर्न सहयोग गर्छ लगायत मोबाइलको क्यामेरा प्रयोग गरेर गुगल लेन्स कसरी उपयोग गर्ने भन्ने जस्ता विभिन्न जानकारीहरू भिडिओमा अटाइएका छन् ।
होमवर्क गर्ने देखि लिएर आफ्नो पेशागत प्रयोगसम्म काम लाग्ने फिचरको रुपमा गुगल लेन्सको प्रचार गरिएको छ । यद्यपि यी विज्ञापनहरू गुगलको प्रोफाइलमा भने देखिदैँनन् । अन्य टिकटक भिडिओहरूमा विज्ञापनको रुपमा यस्ता भिडिओ देख्न सकिन्छ ।