close

फेसबुक र युट्युव प्रयोगकर्ताका लागि टेलिकमको अनलिमिटेड प्याक

टेकपाना टेकपाना

साउन २३, २०७८ १०:५१

फेसबुक र युट्युव प्रयोगकर्ताका लागि टेलिकमको अनलिमिटेड प्याक

काठमाडौं । नेपाल टेलिकमले फेसबुक र युट्युव प्रयोगकर्ताका लागि अनलिमिटेड प्याक सञ्चालन गरिरहेकाे छ । कम्पनीले ५५ रुपैयाँमा अनलिमिटेड युट्युव तथा ५५ रुपैयाँमै अनलिमिटेड फेसबुक प्याक खरिद गर्न सकिने जनाएको छ ।

उक्त प्याकेज तीन दिनसम्म प्रयोग गर्न सकिने छ ।

साथै, अनलिमिटेड युट्युव र अनलिमिटेड फेसबुक प्याकमध्ये कुनै एक प्याक खरिद गर्ने ग्राहकले एड-अन प्याकको रुपमा १५ रुपैयाँमा १ जीबी डेटा प्याक खरिद गरी डेटा प्रयोग गर्नसक्ने कम्पनीले जनाएको छ ।

यो प्याक पनि खरिद गरेको मितिबाट ३ दिनसम्म प्रयोग गर्न सकिनेछ ।

*1415*11# डायल गरेर वा एनटी माेबाइल एप प्रयाेग गरेर यी अफरहरु प्राप्त गर्न सकिने छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३