काठमाडौ । कक्षा १२ को परीक्षा रद्द गर्नुपर्ने माग राख्दै ट्वीटरमा ‘क्यान्सिल एनईबी एक्जाम’ भनेर ट्रेन्डिङमा आएको दुई हप्ता नबित्दै त्रिभुवन विश्वविद्यालयको भौतिक परीक्षा रद्द गर्नको लागि क्यान्सिल टीयू एक्जाम भन्ने पोस्ट ट्रेन्डिङमा आएको छ ।
कोरोना संक्रमण बढिरहेको अवस्थामा त्रिविले पनि भौतिक परीक्षा सञ्चालन गर्न नहुने भन्दै ट्वीटरमा पोस्ट बढ्न थाले पछि #CancelTUExams ट्रेन्डिङमा आएको हो । शनिवार बसेको राष्ट्रिय परिक्षा बोर्डले कोरोना संक्रमणको कारण देखाउँदै सरकारले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो ।
यसलगत्तै त्रिवि अन्तर्गतका परीक्षा अनलाइन माध्यमबाट गरिनुपर्छ भन्ने माग विद्यार्थीहरूको रहेको छ । अनलाइन परीक्षाको माग राख्दै शनिबार ट्वीट कमल सुवेदीले लेखेका छन्, ‘त्रिविको परीक्षा विद्यार्थीको भौतिक उपस्थितिमा गरिनु हुँदैन । देशको सबैभन्दा पुरानो विश्वविद्यालय भएको नाताले त्रिविले नयाँ प्रविधिको प्रयोग गर्नुपर्छ ।’
#CancelTUExams which are set to happen with examinees' physcial presence. Introduce innovative technoques for evaluation. Country's pioneer university should undertake newness.
त्यस्तै अञ्जन पोडैल लेख्छन्, “धेरै विद्यार्थीहरुले आफ्नो उमेरको पालो नआएको कारण खोप लगाउन पाएका छैनन् । भौतिक परीक्षा विद्यार्थीको लागि मात्र होइन उसको परिवारको लागि पनि जोखिमपुर्ण हुनेछ । यो भयावह स्थितिबाट बच्नको लागि त्रिभुवन विश्वविद्यालयले स्नातक तहको परीक्षा स्थगित गर्नुपर्छ ।’
As many students have yet to be vaccinated due to their category, it’s a huge risk not only for students but their families too. To avert a catastrophic situation, Tribhuwan University must postpone in-person Bachelors level examinations. #CancelTUExams#Nepal#choosealternatives
अनलाइन कक्षा सञ्चालन गर्न सकिने, तर अनलाइन परीक्षा सञ्चालन गर्न किन नसक्ने भन्दै राजिव ढकाल लेख्छन् ‘क्लास अनलाइन गराउने, पेमेन्ट अनलाइन गराउने अनि एक्जाम चाहिँ फिजिकल ? पढाउने टिचरचाहिँ खोप लगाएर बस्ने अनि हामी आफ्नो ज्यान जोखिममा राखेर फिजिकल एक्जाम दिनुपर्ने ? पहिले खोपको व्यवस्था होस् अनि एक्जाम ।’
Class online garaune Payment online garaune ani exam chai physical Padaune teacher chai vaccine lara basne ani hami chai afno jhyan jokhim ma rakhera physical exam dinu parne Paile vaccine ko beawastha hoss ani exam #CancelTUExams#SearchAlternativeWay
यता त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले भने परीक्षा स्थगित नहुने बताएका छन् ।
स्नातक तह प्रथम वर्षअन्तर्गत व्यवस्थापन संकायको परीक्षा शुक्रबारदेखि सकिएको र विज्ञान र शिक्षा संकायका परीक्षा शनिबार सकिएकाले अब मानविकी तथा सामाजिक संकायको मात्रै परीक्षा बाँकी रहेको अवस्थामा थोरै विद्यार्थी भएकाले र लामो समयसम्म परीक्षा नभएका कारण सबै स्वास्थ मापदण्ड पालना गरी उक्त परीक्षा सञ्चालन गरिने उनले जनाएका छन् ।