close

यस्तो छ २० जीबी र्‍याम भएको विश्वकै पहिलो एन्ड्रोइड फोन

टेकपाना टेकपाना

साउन २५, २०७८ १५:२६

यस्तो छ २० जीबी र्‍याम भएको विश्वकै पहिलो एन्ड्रोइड फोन

काठमाडौं । गत महिनामात्रै चिनियाँ प्रविधि कम्पनी जेडटीईले ‘एक्सअन ३०’ फाइभजी स्मार्टफोन घाेषणा गरेकाे थियाे । अन्डर डिस्प्ले क्यामेरा प्रयोग हुने कम्पनीको दोस्रो फोनको रुपमा यो फोन घाेषणा भएकाे थियो ।

यतिसम्म कि चिनियाँ बजारमा अन्डर डिस्प्ले क्यामेरा प्रयोग गर्ने यो नै पहिलो फोन हो । त्यतिमात्रै नभएर यो ४००पीपीई अन्डर स्क्रिनयुक्त विश्वकै पहिलो स्मार्टफोन समेत हो । भने, यसमा प्रयोग भएको १२० हर्ज रिफ्रेस रेट पनि विश्व स्मार्टफोन बजारमा पहिलोपटक प्रयोग भएको हो ।

त्यतिमात्रै नभएर यो नै पहिलो त्यस्तो स्मार्टफोन हो जसले २० जीबी र्‍याम सपोर्ट गर्नेछ । हुन त यो फोन १२ जीबी र्‍यामका साथ बजारमा उपलब्ध भएको थियो । तर, कम्पनीले भर्खरैमात्र उक्त फोनमा मेमोरी फ्युजन प्रविधि अपडेटको रुपमा उपलब्ध गराएको छ ।

जसले प्रयोगकर्तालाई ८ जीबीसम्म र्‍याम थप गर्ने सुविधा दिने जनाइएको छ । हुन त केही स्मार्टफोन ब्राण्डले पनि यस्ता खालको प्रविधि उपलब्ध गराएका थिए । तर, एकै पटक ८ जीबी र्‍याम बढाउन सकिने जेडटीईले प्रयोगकर्तालाई सुविधा दिएको हो ।

६.९ इन्चको फुल एचडी ओएलईडी डिस्प्ले रहेको फोनमा अक्टाकोरा प्रोसेसर रहेको छ  । स्न्यापड्रागन ८७० मा आधारित फोन ६,८ र १२ जीबी र्‍याम र १२८ र २५६ जीबी रोम भेरियन्ट उपलब्ध भएको छ । एन्ड्रोइड ११ मा आधारित फोनमा ६४ मेगापिक्सेलको मुख्य क्यामेरा रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३