close

प्रविधिमैत्री शिक्षामा निमा एकेडेमीको तीन वर्ष

टेकपाना टेकपाना

साउन ३१, २०७८ १५:२७

प्रविधिमैत्री शिक्षामा निमा एकेडेमीको तीन वर्ष

काठमाडौं । निमा एकेडेमीको स्थापना भएको तीन वर्ष पुरा भएको छ । सन् २०१८ मा स्थापना भएको निमा एकेडेमीले नेपालको शिक्षा पद्धतिलाई डिजिटाइज गर्ने काम गरिरहेको छ । यही अवसरमा कम्पनीले शनिबार विषेश कार्यक्रमको आयोजना गरेको थियो ।

कोरोना महामारीको कारण ई-शिक्षाको महत्व अझ बढी रहेको अहिलेको अवस्थामा शिक्षा पद्धतीलाई आधुनिकीकरण गर्दै डिजिटाइज गर्नु आवश्यकता हो । त्यसै अनुसार कम्पनीले प्रविधिको विकास र विस्तारमा काम गरिरहेको छ । कुनै समय ई–शिक्षा प्रणालीको बारेमा केही नबुझ्नेलाई विस्तारै बुझाउँदै कम्पनीले आफ्नो दायर विस्तार गरिरहेको छ ।

कम्पनीका अनुसार निमा एकेडेमीमा अहिले १५० भन्दा धेरै विद्यालयहरू जोडिएका छन् । हाल निमा एकेडेमीमा पाठ्यक्रम विकास केन्द्रबाट मान्यता प्राप्त कक्षा १ देखि कक्षा १० सम्मका शिक्षण सामाग्रीहरू पाइन्छ । भने, आउँदा दीनहरूका लागि कक्षा ११, १२ र त्यसभन्दा माथिका कोर्सहरूलाई समेत समावेश गर्ने योजना कम्पनीको रहेको छ ।

साथै निमा एकेडेमीले विस्टिम र लेट्स रिड एशियाका शैक्षिक सामग्री तथा कोर्सहरू पनि आफ्नो वेबसाइट र एपमा निशुल्क उपलब्ध गराएको छ । जसले गर्दा विद्यार्थीलाई अन्तराष्ट्रिय कन्टेन्टमा समेत पहुँच राख्न सहज भएको छ । निमा एकेडेमीका कोर्सहरूमा भिडियो, आर्टिकल, क्विज, टेस्ट, असाइनमेन्ट तथा गेमहरू समावेश छन् ।

वेबसाइट र एप दुवैमार्फत कम्पनीले विभिन्न कोर्सहरूलाई रमाइलो र अन्तरक्रियात्मक रुपमा प्रस्तुत गरिरहेको छ । जसले गर्दा विद्यार्थीले पढेको कुरा सम्झिन र बुझ्न सजिलो हुन्छ भने शिक्षक/शिक्षिकाको पढाउने अभ्यास पनि परिष्कृत हुँदै जाने कम्पनीले बताएको छ ।

निमा एकेडेमीले तयार गरेको पाठ्यक्रम बालबालिकाको चाहनालाई विशेष ध्यान दिएर निर्माण गरिएको सीओओ जोशीले बताइन् । ‘हाललाई गणित, विज्ञान र सामाजिक शिक्षालाई विशेष फोकस छ,’ उनले भनिन्, ‘बालबालिकाहरूलाई अलि कठिन लाग्ने यी विषयहरूलाई कसरी उनीहरूले बुझ्ने शैली अर्थात् सरल र सहज तरिकाले पढाउने भन्नेबारे निकै खोजी गरेर मात्रै पाठ्यक्रम तयार पारिएको हुन्छ ।’

सन् २०२२ सम्ममा नेपाली विद्यार्थीहरूका लागि अन्तराष्ट्रिय स्तरबाट मान्यता प्राप्त कोर्सहरू उपलब्ध गराउने निमा एकेडेमीको उद्देश्य रहेको छ । निमा एकेडेमीले विकास गरेको डिजिटल लर्निङ विधिले स्मार्ट शिक्षा प्रणालीमा थप योगदान पुर्याउने विश्वास उनको छ । बालबालिकाको भविष्य भनेको स्मार्ट लर्निङ विधिमै भएकाले यो विधि अहिलेदेखि नै लागू गर्दै लैजानुपर्ने उनी बताउँछीन् ।

एकेडेमीकी सीओओ जोशीका अनुसार स्मार्ट शिक्षा विद्यार्थीहरूका लागि मात्र नभएर शिक्षक तथा अविभावकका लागि पनि हो । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१