close

देशव्यापी इन्टरनेट विस्तार गर्दै डिशहोम, कहाँ कहाँ छ सेवा ?

टेकपाना टेकपाना

साउन ३१, २०७८ १५:५६

देशव्यापी इन्टरनेट विस्तार गर्दै डिशहोम, कहाँ कहाँ छ सेवा ?

काठमाडौं । डीटीएच तथा फाइबर इन्टरनेट सेवाप्रदायक डिशहोमले सन् २०२० देखि इन्टरनेट सेवा सञ्चालन गरेको छ । देशव्यापी रूपमा उच्च गतिको इन्टरनेट सेवा दिने योजनासहित कम्पनीले हाल मुख्य सहरहरूमा फाइबरनेट विस्तार गरिरहेको छ ।

कम्पनीले डिशहोम फाइबरनेटका साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभवसहित ग्राहकका लागि डिशहोम टिभीको निःशुल्क सदस्यता, आकर्षक छुटहरु, निःशुल्क डिशहोम ‘गो एप’ र ‘एक्स भीओडी’ जस्ता विभिन्न सुविधा उपलब्ध गराइरहेको जानकारी दिएको छ ।

कम्पनीले हालै आफ्नो बुटवलमा पनि फाइबरनेट सेवा विस्तार गरेको छ । आइतबार आफ्नो सामाजिक सञ्जाल मार्फत डिशहोमको फाइबरनेट अब बुटवलमा पनि उपलब्ध हुने घोषणा गरेको हो ।

कम्पनीका अनुसार बुटवलका १३ वटा स्थानमा इन्टरनेट सेवा प्रवाह गरिनेछ । डिशहोमको फाइबरनेट बुटवलको गोलपार्क, अमरपथ, बसपार्क एरिया, इट्टभट्टी, तिनकुने, मिलनचोक, देवीनगर, कालिका नगर, बीपी चोक, राम मन्दिर लाइन, दुर्गा मन्दिर लाइन, हाट बजार लाइन र हस्पिटल लाइनमा उपलब्ध हुनेछ ।

यसअघि कम्पनीको सेवा हेटौंडा, इनरुवा, इटहरी, बर्दिवास, बुटवल, धरान, ढल्केबर र विराटनगरमा उपलब्ध भइसकेको छ । फाइबरनेटमा १० एमबीपीएसदेखि १०० एमबीपीएससम्मका प्याकेज उपलब्ध छन् । 

छिट्टै नेपालका प्रमुख सहर पोखरा‚ नेपालगञ्ज‚ धनगढी‚ बिर्तामोड‚ जनकपुर‚ वीरगन्ज लगायतका स्थानमा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ । ९८०१५४४००० मा सम्पर्क गरी डिशहोम फाइबरनेटको बारेमा थप जानकारी लिन सकिनेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१