close

भोलिदेखि दराजमल फेस्टिवल, राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्राण्डका उत्पादनमा विशेष छुट र अफर

टेकपाना टेकपाना

भदौ १, २०७८ १८:३४

भोलिदेखि दराजमल फेस्टिवल, राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्राण्डका उत्पादनमा विशेष छुट र अफर

काठमाडौं । अनलाइन बजार दराजले भोलिदेखि ‘दराजमल फेस्टिवल’ सुरु गर्ने भएको छ । सात दिनसम्म चल्ने यो अभियानमा राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्राण्डका उत्पादनमा विशेष छुट र अफर प्रदान गरिएको छ ।

अभियान अन्तर्गत एड टु कार्ट, वेलकम गिफ्ट, मेगा भौचर, बैंक कार्डमार्फत अनलाइन फ्री पेमेन्टमा १५ प्रतिशत (रू. ५०० सम्म) छुट, इमेज रिभ्यु एन्ड विन, फलो एन्ड विन, बम्पर उपहारमा साओमी मि ११ एक्स प्रो फाइभजी, निःशुल्क डेलिभरी साथै थुप्रै अरु पुरस्कार जित्ने मौका रहेको कम्पनीले जनाएको छ ।

दराजद्वारा सुरु गरिएको एक अनलाइन शपिङ मल हो, दराजमल । यसअन्तर्गत सोनी, सामसङ, गोल्डस्टार, रिम्याक्स, वाइल्ड हर्नका साथै तीन सयभन्दा बढी अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डहरु चित्रित गरिएकाे छ ।

गुणस्तरीय उत्पादन र १४ दिन फिर्ता नीतिले ग्राहकलाई राम्रो किनमेलको अनुभव प्रदान गर्ने विश्वास दराजको छ । ‘दराजमल फेस्टिवल ग्राहकका लागि अद्भूत मूल्यहरुमा आफ्नो मनपर्ने प्रिमियम ब्राण्डहरू खरिद गर्नका लागि एक सुनौलो अवसर हो,’ कम्पनीले उल्लेख गरेकाे छ ।

कम्पनीका अनुसार ग्राहकले बैंक डेज छुटमार्फत डेबिट र क्रेडिट कार्डबाट प्रि-पेमेन्ट गर्दा थप १५ प्रतिशत (रु. ५०० सम्म) छुट पाउन सक्छन् । बैंक डेज अफर निम्नानुसार छन्:

  • सोमबार (सानीमा बैंकको क्रेडिट कार्ड भुक्तानमा १५ प्रतिशत (रु. ५०० सम्म) छुट र डेबिट कार्ड भुक्तानीमा १० प्रतिशत (रु. ५०० सम्म) छुट।
  • बुधबार (एनआईसी एसिया बैंकको क्रेडिट कार्ड भुक्तानमा १५ प्रतिशत रु ५०० सम्मको छुट र डेबिट कार्ड भुक्तानमा १० प्रतिशत (रु. ५०० सम्म) छुट
  • बिहीवार (माछापुच्छ्रे बैंकको क्रेडिट कार्ड भुक्तानमा १५ प्रतिशत (रु ५०० सम्म) को छुट र डेबिट कार्ड भुक्तानमा १० प्रतिशत (रु. ५०० सम्म) को छुट
  • बिहीवार (मेगा बैंकको क्रेडिट कार्ड भुक्तानीमा १५ प्रतिशत (रु. ५०० सम्म) को छुट र डेबिट कार्ड भुक्तानीमा १० प्रतिशत (रु. ५०० सम्म) को छुट
  • बिहीबार (हिमालयन बैंकको कार्ड भुक्तानमा १५ प्रतिशत (रु ५०० सम्म) छुट
  • शुक्रवार (नबिल बैंकमार्फत १० प्रतिशत छुट (अधिकतम रु. ५००)
  • शनिबार ( स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट मार्फत १० प्रतिशत छुट (अधिकतम रु. ५००)

यसबाहेक, पहिलोपटक भिसा कार्डमार्फत भुक्तानी गर्ने दराज ग्राहकले २० प्रतिशतसम्मको छुट पाउन सक्नेछन् । भिसा डेबिट कार्डमार्फत प्रि-पेमेन्ट गरेमा १५ प्रतिशत (रु. ५०० सम्म) छुट र भिसा क्रेडिट कार्डमार्फत प्रि-पेमेन्टमा २० प्रतिशत (रु. ५००) छुट पाउन सक्नेछन् ।

त्यसैगरी एनआईसी एसिया बैंक, सनराइज बैंक, सिटिजन्स बैंक र माछापुच्छ्रे बैंकका ग्राहकले सजिलो मासिक किस्ता सेवामार्फत शपिङ गर्न पाउने छन् । उल्लेखित बैंकका ग्राहकहरुले क्रेडिट कार्डको साथ आफूलाई मन परेका उत्पादनहरु शुन्य ब्याज र शुन्य डाउन पेमेन्टमा खरिद गर्न सक्ने जनाइएकाे छ ।

यो बाहेक, ‘ब्राण्ड अफ द डे’ जस्तो अफरले ग्राहकहरुलाई आफ्नो मनपर्ने ब्रान्डमा थप छुट प्राप्त गर्नका लागि एक अद्वितीय अवसर प्रदान गर्ने कम्पनीले बताएकाे छ ।

यति मात्र नभई, याे अभियानमा ग्राहकहरुले रु. ६४, ९९९ मूल्यको साओमी मि ११ एक्स प्रो बम्पर उपहारको रुपमा जित्ने मौका पाउनेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१