close

कोर बैंकिङ सिस्टम अपग्रेड गर्दै ग्लोबल आईएमई, सिस्टम अपग्रेडको समयमा सेवा अवरुद्ध हुन सक्ने

टेकपाना टेकपाना

भदौ ४, २०७८ ८:१०

कोर बैंकिङ सिस्टम अपग्रेड गर्दै ग्लोबल आईएमई, सिस्टम अपग्रेडको समयमा सेवा अवरुद्ध हुन सक्ने

काठमाडौं । ग्लोबल आईएमई बैंकले कोर बैकिङ सिस्टमलाई स्तराेन्नति गर्दै फिनाकल भर्जन १०.२.२५ सञ्चालनमा ल्याउने भएको छ ।

यस प्रयोजनका लागि आज दिउँसो ३ बजेदेखि सिस्टम अपग्रेडको कार्य सम्पादन हुने र सोमबारदेखि फिनाकल सफ्टवेयरबाट कारोबार सुरु हुने बैंकले जनाएको छ ।

सिस्टम अपग्रेडको समयमा इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ र एटीएमबाट कारोबार गर्न सकिने बैंकले जनाएको छ ।

‘सिस्टम अपग्रेडको समयमा यस्ता माध्यमबाट हुने कारोबारमा केही समस्या देखिएमा सो का लागि क्षमाप्रार्थी छौं,’ बैंकले जारी गरेको सूचनामा भनिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१